इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा

2 years ago

इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा

द्वन्द्वग्रस्त मुलुक इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा गरिएको छ । निर्वाचन आयोगले अर्को बर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।

कोरोनाभाइरसको महामारीका कारणले सन् २०२० मै निर्वाचन गर्ने तालिका भए पनि महामारीले अहिले निर्वाचन हुन नसकेर अर्को वर्ष गर्ने तयारी भएको हो । दुई दिनमा भएका सशस्त्र इथियोपियामा कम्तीमा १०० व्यक्तिको मृत्यु भएका थिए ।

बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले बताएको छ ।

आक्रमण लुकीछिपी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।