आज २५६५ औं बुद्ध जयन्ती

2 years ago

आज २५६५ औं बुद्ध जयन्ती

आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । यसवर्ष कोरोना महामारीका कारण कुनैपनि विशेष कार्यक्रम गरिएको छैन ।

भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् ।

यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । तर यस वर्ष कोरोना महमारीका कारण कुनै पनि कार्यक्रम अयोजना गरिएको छैन ।