अमेरिकाले लगाएको प्रतिबन्ध तत्काल हटाएर कहिले गल्ती नगर्ने प्रत्याभूति दिलाउन सक्नुपर्छ ; इरान

3 years ago

अमेरिकाले लगाएको प्रतिबन्ध तत्काल हटाएर कहिले गल्ती नगर्ने प्रत्याभूति दिलाउन सक्नुपर्छ ; इरान

इरानले अमेरिकाले लगाएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका गल्ती कहिले पनि दोहारिँदैन भन्ने प्रत्याभूति जनाउनुपर्ने बताएको छ । 

अमेरिकाले प्रतिबन्ध हटाएर अब गल्ती नगर्ने प्रत्याभूति नदिएसम्म सन् २०१५ मा भएको न्युक्लियर सम्झौताको विषयमा थप छलफल अघि नबढ्ने इरानको विदेश मन्त्रालयका प्रवक्ता साइद खातिब्जादेहले बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेली मुलुकहरुलाई इरानसँगको उक्त आणविक सम्झौतालाई ब्युँताउने प्रस्ताव गरेका छन् ।

सन् २०१८ मा ट्रम्पले यो सम्झौताबाट बाहिरिने निर्णय गर्दै इरानमाथि प्रतिबन्धको निर्णय गरेका थिए । त्यसयता दुवै पक्षले यो सम्झौता उल्लंघन गर्दै आएका छन् । इरानले यो सम्झौतामा फर्किन सबैभन्दा पहिला अमेरिकाले इरानमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताउँदै आएको छ ।