3 years ago
कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आएपनि त्यति सफल भने हुन सकेको छैन । यसैबीच फाइजरको कोरोनाविरुद्धको भ्याक्सिन लगाएको १६ दिनपछिएक डाक्टरको मृत्यु भएको छ ।
अमेरिकाको मियामी शहरमा बस्ने ५६ वर्षीय डाक्टर ग्रेगरी माइकलको कोरोना भ्याक्सिन लगाएको १६ दिनपछि निधन भएको हो । उनकी श्रीमती हेइदी नेकेलमानले १८ डिसेम्बरमा उनका श्रीमानले भ्याक्सिन लगाएको बताएकी छन् ।
उनको आईतवार बिहान अचानक निधन भएको थियो । उनी भ्याक्सिनेशनको बेला पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ । फाइजरले घटनाको जाँच भइरहेको बताएको छ ।