अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस

2 years ago

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरि बिहीबार मनाएको छ ।

कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका दिवस मनाइएको हो। दिवसका अवसरमा कपिलवस्तुमा अपांगता भएका व्यक्तिको हक अधिकार सम्बन्धी एक दिने कानुनी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय गजेहडा कपिलबस्तुको सहयोग, अपांग उत्थान समाज कपिलबस्तुको समन्वय र बाणगंगा नगरपालिकाको  आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले नगरले अपांगता भएका व्यक्तिको गुनासोलाई नगरले सम्बोधन गर्दै अगाडी बढेको बताउनुभयो । उहाँले माग अनुसार अपांगता परिचपत्र वितरण गर्दै आईरहेको बताउदै सहायक सामाग्री नभएका अपांगता व्यक्तिहरुलाई वडा तथा नगरमा सम्पर्क गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय गजेहडाको सहयोगमा विभिन्न व्यक्तिहरुलाई सेतो छडी र बैशाखी समेत वितरण गरिएको हो ।

कोरोना भाइरस सङ्क्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ । सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।