हिन्दु महिलाहरुले घर–घरमै हरितालिका तीज मनाए

2 years ago

हिन्दु महिलाहरुले घर–घरमै हरितालिका तीज मनाए

हिन्दु महिलाहरुले शुक्रबार घर–घरमा बसेर नै हरितालिका तीज पर्व मनाएका छन् ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । विवाहित महिलाले पतिको दिर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तिजको दिन निराहार ब्रत बस्ने परम्परा छ। व्रत गर्ने नारीले अटल सौभाग्य प्राप्त गर्ने जनविश्वाश रहेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

यस बर्ष कोरोनाका कारण उपत्यका लगाएत देशका विभिन्न स्थानमा निषेधाज्ञा लगाएका कारण बर्तालुहरुले घर घर मानै तीज मनाएका हुन्