हिन्दु नारीहरुको महान पर्व तीज आज मनाइँदै

2 years ago

हिन्दु नारीहरुको महान पर्व तीज आज मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज हिन्दु नारीहरुले महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहदै आएको  छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । यस वर्ष कोरोना महामारीका कारण पशुपति लगायतका सम्पुर्ण मन्दिरहरु बन्द गरिएको  छ भने  बुधबार रातिदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ ।

हिन्दु धार्मिक मान्यता अनुसार  सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास रहदै आएको छ। अटल सौभाग्यको कामनाका  साथै सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रत बसेको पनि बताउ छन। विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।तीजको अवसरमा महिलाहरुले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीत मार्फत प्रस्तुत गर्ने  गर्दछन ।

बिहीबार दर खाएपछि  शुरु भएको  तीज पर्व ऋषि पञ्चमीको दिन समाप्त हुने छ  ।