सरकारले प्रयाप्त काम गर्न नसकेको आरोप

2 years ago

सरकारले प्रयाप्त काम गर्न नसकेको आरोप

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले कोरोना महामारीको नियन्त्ररण र रोकथामका लागि सरकारले प्रयाप्त काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा उहाँले कोरोना फैलदै जादा पनि सरकार संवेदनशील हुननसकेको आरोप लगाउनुभएको हो । मनोमानी ढंगले चल्नुको परिणाम सरकार हरेक मोर्चामा असफल भएको जिकिर गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक विवादमा नै अल्झेर बसेको तर्क गर्नुभयो ।

अहिलेका अवस्थामा सञ्चारमाध्यम, व्यवसायी लगाएत सवै प्रभावित भएको भन्दै सवै क्षेत्रलाई उकास्ने कार्यक्रम सरकारले ल्याउनुपर्ने उहाँको भनाई छ । डा. महतले सञ्चारकर्मीको व्यावसायिक र पेसागत सुरक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।