सरकारको नीति तथा कार्यक्रममा नयाँ कुरा केहि पनि नआएको टिप्पणी

2 years ago

सरकारको नीति तथा कार्यक्रममा नयाँ कुरा केहि पनि नआएको टिप्पणी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादरुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नयाँ कुरा केहि पनि नआएको टिप्पणी गरेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले नया कुरा केहि नभएको र सवै पुराना कुरा मात्र आएको बताउनुभयो । उहाले कार्यक्रममा धेरै कुरा छुटेको तर्क पनि गर्नुभयो । नीति तथा कार्यक्रममा रहेको बिषय गफ मात्र भएको उहाँको भनाई छ ।

त्यस्तै जसपाका नेता पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोले आर्थिक रुपमा ल्याएको संकटलाई नीति तथा कार्यक्रमले समेट्न नसकेको आरोप लगाउनुभयो । उहाँले परम्परागत ढंगले आएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो ।