सेनिटाइजेशन बुथ सञ्चालन

2 years ago

सेनिटाइजेशन बुथ सञ्चालन

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सेनिटाइजेशन बुथ सञ्चालनमा आएको छ । 

आइतबार झापा मारवाडी समाजले महाशाखाको गेटमा सेनिटाइजेशन बुथ राखेपछि सञ्चालनमा आएको हो । झापा मारवाडी समााज युवा मञ्चले सेनिटाइजेशन बुथको डिजाइन गरेको हो । बुथ सञ्चालनमा आएसंगै महाशाखा प्रवेश गर्ने सवारीसाधानलाई सेनिटाइज गरेरमात्र प्रवेश गराइएको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सेनिटाइजेशन बुथ सञ्चालनमा आएसंगै महाशाखा परिसरभित्र कोरोनाको जोखिम कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाले यसको कार्यले ट्राफिक प्रहरीको मनोवल उच्च हुने पनि बताउनुभयो ।

समाजले आगामी दिनमा आवश्यक अन्य स्थानमा पनि बुध स्थापना गरिदिने जनाएको छ ।