सिद्धार्थ क्याम्पस कपिलवस्तुले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त

2 years ago

सिद्धार्थ क्याम्पस कपिलवस्तुले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त

कपिलवस्तु जिल्लाकै शैक्षिक धरोहरका रुपमा रहेको सिद्धार्थ क्याम्पस कपिलवस्तुले गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। सोमबार कपिलबस्तुमा आयोजित विश्व विद्यालय अनुदान आयोगको भर्चुअल समारोहकाबीच क्याम्पसले औपचारिक रुपमा प्रमाणपत्र प्राप्त गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने नेपालका तीन वटा क्याम्पसमध्ये सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तु पनि पर्न सफल भएको हो । गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ ।

सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तु क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल हुनु आफैँमा गर्वको कुरा भएकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना रहेको क्याम्पस प्रमुख खेमराज शर्माले बताउनुभयो ।

सो क्याम्पसको चौतर्फी विकासका लागि प्राप्त क्युएए प्रमाणपत्र मापदण्डअनुसारको आगामी दिनमा शैक्षिक क्रियाकलाप थप प्रभावकारी बनाईदै अघि बढिने क्याम्पस प्रमुख शर्माको भनाई छ । कक्षा ११ देखी स्नातकोतर तहसम्मको कक्षा सञ्चालन हुँदै आएको सिद्धार्थ क्याम्पस वाणगंगा २०४८ सालमा स्थापना भएको थियो ।