स्थानीय सरकारको दायित्व विशेष हुने

2 years ago

स्थानीय सरकारको दायित्व विशेष हुने

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोनाबाट मुलुक अस्तव्यस्त रहेको अवस्थामा स्थानीय सरकारको दायित्व बिशेष हुने जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले अवको अवस्थामा स्थानीय सरकारले बजेट निर्माणमा बिशेष ध्यान दिनुपर्ने जनाएको हो ।

संघीय सरकार मार्फत प्राप्त हुने अनुदानको आधा भन्दा बढि रकम शिक्षा र स्वास्थ्य क्षेत्रको तलव र भत्तामा खर्च हुने र बाकी करिव आधा रकम प्रशासनिक कार्यमा खर्च हुने देखिएको भन्दै प्रतिष्ठानले स्थानीय निकायले प्राप्त गर्ने रकम निकै विबेकपूर्ण तरिकाले खर्च गर्नुपर्ने जनाएको छ ।

स्थानीय सरकारले तत्काल स्वास्थ्य सुरक्षा सुनिश्चितता राहत कार्यक्रम, रोजगारीको सिर्जनामा ध्यान दिनुपर्ने सुझाव प्रतिष्ठानको रहेको प्रतिष्ठानका अध्यक्ष नविन्द्र राज जोशिले बताउनुभयो ।

त्यस्तै क्षेत्रगत कार्यक्रममा स्वास्थ्य, कृषि पशुपालन तथा सहकारी, शिक्षा, कर, स्थानीय बिकास परियोजनाहरु लगाएतका पनि स्थानीय सरकारले बिशेष ध्यान दिनुपर्ने प्रतिष्ठानको सुझाव छ ।