श्रावण मेला कोरोना महामारीको कारण स्थगित भयो

2 years ago

श्रावण मेला कोरोना महामारीको कारण स्थगित भयो

यो वर्षको महिनाभरि लाग्ने श्रावणी मेला कोरोना महामारीका कारण स्थगित् गरिएको छ ।बोल बम कावरिया संघ, भोलेनाथ कावरिया संघ, ॐ बोलबम कावरिया संघ र श्री पशुपतिनाथ कावरिया संघले काठमाडौंमा नेपालमा पत्रकार सम्मेलन गरेर यो वर्षको श्रावणी मेला स्थगित् गरिएको जानकारी गराएका हुन् ।

काँवरिया संघको कार्यालयमा संघका अध्यक्ष श्री रामआज्ञा रौनियारको अध्यक्षतामा बसेको बैठकले यो वर्षको श्रावणी मेला कोरोना भाइरसको कारण स्थगित् गर्ने सर्वसम्मतीले निर्णय भएको बोल बम काँवरिया संघका कार्यवाहक अध्यक्ष विश्वनाथ प्रसाद गुप्ताले जानकारी दिनुभयो । कोरोनाकै कारण आफुहरुले यो मेला स्थगित् गरेको गुप्ताले स्पष्ट पार्नुभयो ।

संघले पनि कोरानाकै कारण आफूहरुले यो वर्षको श्रावणी मेला स्थगित् गरेको जनाएका थिए ।