रुपन्देहीको तिलोत्तमा कान्छीवजारमा ५ जनाको हत्या भएको छ

2 years ago

रुपन्देहीको तिलोत्तमा कान्छीवजारमा ५ जनाको हत्या भएको छ

स्थानीय कृष्ण पुनको भैसी फर्ममा काम गर्ने कामदारहरुको हत्या भएको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ । ५ जनाको हत्या गरि तन्नाले छोपेर राखेको अवस्थामा शव देखे पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

घटनामा ज्यान गुमाउनेहरु माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेको प्रहरी जनाएको छ । त्यस्तै  सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि खडक बहादुर खत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेकाले घटना गरेको स्वीकार गरेपनि बुझिएको छ । घटना रातीको समयमा भएको र स्थानीयवासीले विहानपख मात्र थाहा पाएर प्रहरीलाई खवर गरिएको स्थानीयले बताए ।

घटनाको अनुसन्धानका लागि एसएसपि राजकुमार वैदावरको नेत्रृत्वमा अनुसन्धान टोली गठन गरेको ५ नम्वर प्रदेशका प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिनुभयो ।