रातो मछिन्द्रनाथको रथ यात्रा गर्न पुल्चोकमा विरोध प्रर्दशन

2 years ago

रातो मछिन्द्रनाथको रथ यात्रा गर्न पुल्चोकमा विरोध प्रर्दशन

रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै स्थानीय युवाहरुले ललितपुरको पुल्चोकमा विरोध प्रर्दशन गरेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण रोकिएको रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकायहरु इच्छुक नदेखिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् । 

अब केही दिनमा मै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न नहुने भएकाले छिटो गरेर भए पनि जात्रा संचालन गर्न उनीहरुले माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुले रथयात्र सुनिश्चीत गर्नुपर्ने, रथयात्रामा कसैको हस्तक्षेप हुन नहुने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।  यसबीच पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई युवाहरुले तान्ने प्रयास समेत गरेका छन् ।

उनीहरुले रथ रहेको स्थानबाट केहिपरसम्म रथ तानेका थिए । सो क्रममा रथ तान्ने डोरी चुडिएपछि नयाँ डोरी लगाइएको थियो । रथ तान्ने क्रममा सयौको संख्यामा युवाहरु सहभागी भएपछि प्रहरीले माइकिङ गरि कोरोना संक्रमण हुने भन्दै सचेत गराएका थिए  ।

आउँदो असोज २ पुरुषोत्तम महिना सुरु हुने र पुरुषोत्तम महिनामा धार्मिक गतिविधि गर्न नहुने भएकोले रथयात्रा आउँदो असोज २ गतेसम्ममा सकाउनु बाध्यताका कारण मच्छिन्द्रनाथका पुजारी, ज्योतिषसहित सरोकारवाला गुथियारहरुले विधिमात्र पूरा गर्ने गरी रथयात्राका लागि खाका पनि तयार गरेका छन् । तर प्रशासनले भने रथ यात्रका लागि अनुमति दिएको छैन ।

गएको चैत २७ गते रातो मन्छिन्द्रनाथको महा स्नानपछि वैशाख १२ गते रथमा राख्नुपर्नेमा कोरोना सङ्क्रमणका कारण गएको साउन १० गते मात्र मूर्तिलाई रथमा विराजमान गरिएको थियो ।