मदरसाहरुको अभिलेखिकरण गरि व्यवस्थीत गर्न निर्देशन

2 years ago

मदरसाहरुको अभिलेखिकरण गरि व्यवस्थीत गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मदरसाहरुको अभिलेखिकरण गरि व्यवस्थीत गर्न र गराउन मुस्लीम आयोगलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले आयोग गरेको कार्य सन्तोषजनक देखिएको भन्दै मदरसाहरुलाई व्यवस्थीत गनका लागि अभिलेखिकरण गर्न निर्देशन दिएको हो ।

बैठकले मदरसाभित्र हुन सक्ने हिंसाहरुलाई प्राथमिकताका साथ नियन्त्रण र न्युनिकरण गर्न पनि आयोगलाई निर्देशन दिएको छ भने मदरशा शिक्षा सम्बन्धमा स्पष्ट नीति अवलम्वन गर्न गराउन पनि निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।

बैठकले मुस्लीम आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक पर्ने बजेट बिनियोजनका लागि अर्थमन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको सभापति पालले बताउनुभयो ।

बैठकमा मुस्लीम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोग निरन्तर मुस्लीम अधिकार स्थापीत गर्न र यस क्षेत्रलाइ व्यवस्थीत गर्न केन्द्रीय भएको भन्दै बजेट अभावले समस्या भएको बताउनुभयो । उहाँले मदरसाको अवस्थाको बारे र मुस्लीम समूदायबारे आयोगले अध्ययन गरिरहेको जानकारी पनि दिनुभयो ।

बैठकमा समिति सदस्यहरुले मुस्लीम समूदायमा पनि बिभेद भएको भन्दै यसको अन्त्य हुनुपर्ने धारणा राखेका थिए । मुस्लीम समूदायका बालबालिकालाई मदरसामात्र नभइ उनीहरुको शिक्षाका लागि यस क्षेत्रलाई बिस्तृत गर्नुपर्ने पनि बताएका थिए ।