मच्छिन्द्रनाथको मूर्तिलाई भदौ २९ गते बुङ्मती लैजाने साइत जु­यो

2 years ago

मच्छिन्द्रनाथको मूर्तिलाई भदौ २९ गते बुङ्मती लैजाने साइत जु­यो

रातो मच्छिन्द्रनाथको मूर्तिलाई भदौ २९ गते बुङ्मती लैजाने साइत जुरेको छ ।

सोमबार ललितपुरको मंगलबजारको मणिमण्डप पाटीमा मच्छिन्द्रनाथको ज्योतिषहरुले मूर्तिलाई बुङ्मती फिर्ता लैजाने साइत निकालेका हुन् । भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत जुरेको ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिनुभयो ।

कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्याउँने सहमति अनुसार साइत हेरिएको हो । हिजो रथलाई पुल्चोकको सोह्रखुट्टे पार्टीसम्म तानिएको थियो भने सोमबार ललितपुरका स्थानीयबासीले जात्राको परम्परा अनुसार भुज्या मनाएका छन् ।  २९ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिने जोशीले जानकारी दिनुभयो ।

बुङ्मति लगिएको चौथो दिनमा असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।