बुद्ध वाज बर्न इन इण्डिया गलत विवरण अमेरिकी पाठ्यक्रममा सच्याइयो

2 years ago

बुद्ध वाज बर्न इन इण्डिया गलत विवरण अमेरिकी पाठ्यक्रममा सच्याइयो

अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहको पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको छ ।

नेपाली  एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभाग अन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका गलत विवरण सच्याएको हो ।

नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृद्धिका  लागि समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा संयुक्त  राज्य अमेरिकाको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो ।