बुद्ध जयन्ती

2 years ago

बुद्ध जयन्ती

वैशाख पूर्णिमा अर्थात २ हजार ५सय ६४ औं बुद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्म भएको दिनलाई बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीका रुपमा मनाउँछन् । ईशापूर्व ५६३ मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो ।

बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिर लगायत देशभरका बैद्ध बिहार तथा गुम्बाहरुमा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने प्रचलन रहदै आएको छ ।

यस वर्ष भने कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रुपमा गरिएको लकडाउनको कारण कुनै सार्वजनिक कार्यक्रम नगरी बुद्ध जयन्ती मनाएको छ । काठमाडौंको स्वयम्भु पनि सुनसान देखिन्छ ।