प्रधानमन्त्री र मन्त्री बीच छलफल

2 years ago

प्रधानमन्त्री र मन्त्री बीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता जटिल मोडमा पुगेको बताउनुभएको छ ।

शनिबार राति सरकारी निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सोचीविचारी कदम चाल्नु र निर्णय लिन पनि मन्त्रीहरुलाई आग्रह गर्नुभएको एक मन्त्रीले जानकारी दिए ।

त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुग्नुभएको थियो ।