प्रधानमन्त्री प्रति नेता राजेन्द्र महतोको आक्रोस

2 years ago

प्रधानमन्त्री प्रति नेता राजेन्द्र महतोको आक्रोस

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीले कुर्सी जोगाउन जस्तो पनि काम गरिरहेको टिप्पणी गर्नुभएको छ । 

शुक्रबारबाट सुरु भएको बजेट महाविधेशनमा आफ्नो मन्तव्य राख्दै जनता समाजवादी पार्टीका नेता महतोले कुर्सी जोगाउन प्रधानमन्त्रीले सांसद अपहरण देखि अनेक काम गर्ने गरेको बताउनुभएको हो ।

सरकारले जनतालाई थप पीडा दिइरहेको भन्दै उहाले आफ्नै पार्टी फुटाउन सरकार लागि परेको बताउनुभयो । महत्तोले पार्टी फुटाउन सरप्राइज नेपाली जनतालाई नचाहिएको भन्दै आफूहरुले पनि एक भएर सरप्राइज देखाइदिएको बताउनुभयो । उहाले मानवअधिकारको विषय, संविधान संशोधन, भ्रष्टाचार गरेको विषय पनि नउठाउने भन्दै निर्मला हत्याकाण्डबारे पनि प्रसंग उठाउनुभयो ।

महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न नसकेको आरोप पनि लगाउनुभयो । दुई तिहाइको सरकार बन्दा जनतामा विकास र समृद्धि पाइएला, संविधानले पूर्णता पाउला भन्ने आशा भएपनि अहिले जनता निराश भइसकेको उहाले बताउनुभयो ।

महतोले दुई तिहाइको सरकारलाई जनतालाई पीडा दिन जनताले भोट नदिएको धारणा पनि राख्नुभयो ।