पाकिस्तानको सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

3 years ago

पाकिस्तानको सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्त भएर दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्त भएको थियो ।

दोहोरो गोली लागेर सेना हानाहानमा पाँच जवानको मृत्यु भएको थियो । पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पिडिएम ) को अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो । जुलुसमा भाग लिएका पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सफदरमा अवानलाई प्रहरीले पक्राउ गरेको छ ।

पिएमएल–एनका प्रवक्ता मरयाम नवाज र सिन्धका पूर्व गभर्नर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अपहरण गरेको आरोप लगाउनु भएको छ ।