नेपाली कांग्रेसले लकडाउनको समयमा जनताप्रति सरकारको भूमिका कमजोर रहेको आरोप

2 years ago

नेपाली कांग्रेसले लकडाउनको समयमा जनताप्रति सरकारको भूमिका कमजोर रहेको आरोप

नेपाली कांग्रेसले लकडाउनको समयमा जनताप्रति सरकारको भूमिका कमजोर रहेको आरोप लगाएको छ 

पार्टी कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना नियन्त्रणका लागि लकडाउन गर्नु अनिवार्य नै रहेको भएपनि लकडाउनको ५० दिनको अवधिमा जनताको समस्या समाधान गर्न सरकार असफल रहेको बताउनुभयो ।

५७ बुँदे सचेतपत्र सार्वजनिक गर्दै उहाले यसअवधीमा प्रधानमन्त्री सत्ताको खेलमा संलग्न रहनु लज्जास्पद भएको भन्दै जनताको जीवन जोखीममा रहेका बेला इतिहासकै एक गैह्र जिम्मेवारीपूर्ण कदम भएको तर्क गर्नुभयो । लकडाउनअघि २ लाख बढीलाई अव्यवस्थित तरिकाले छिर्न दिएर सरकारले गम्भीर समस्या निम्त्याएको प्रवक्ता शर्माले बताउनुभयो ।

श्रमिकको अवस्थाप्रति सरकार गम्भीर नभएको, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारलाई चोख्याउने कार्यमा प्रधानमन्त्री केपी शर्मा ओली नै लागेको, सांसद अपहरणको मुद्दाको जाहेरी दर्ता नहुनुलाई सुशासनको मानकको रुपमा दर्ज भएको शर्माले बताउनुभयो ।

कांग्रेसले कृषि क्षेत्रमा राहत उपलब्ध गराउन नसकी आगामी वर्षमा समेत नकरात्मक असर पर्नेप्रति सरकारको ध्यानाकर्षण जानकारी दिनुभयो । त्यस्तै भारतबाट तरकारी निर्यात हुनु तर नेपाली उत्पादनले बजार नपाउनु दुःखद् परिस्थिति रहेको कांग्रेसले जनाएको छ ।

त्यस्तै कांग्रेसले भारत—चीन बीच बेइजिङमा भएको सहमति दृष्टिगत गर्दै लिपुलेक प्रकरण बारे सरकारले दुवै राष्ट्रसंग समाधानमुखी संवाद गर्ने गम्भीर पहलकदमी नलिइएको जनाएको छ ।