नेकपा सचिवालय बैठक

2 years ago

नेकपा सचिवालय बैठक

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी सकिएको छ। 

बुधबार बालुवाटारमा बसेको बैठकमा पार्टीको आन्तरिक समस्या, एकता सुदृढीकरण, सरकारको काम(कारबाही र केही नेताहरूले माग गरेको स्थायी समिति बैठकबारे छलफल भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालय बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक(आर्थिक रूपान्तरण प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने र यसबीच पार्टीको नेतृत्व टोलीले अनौपचारिक गृहकार्य पनि गर्ने उहाले बताउनुभयो । 

नेकपाको दुवै समूह (प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह) ले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाइरहेका बेला सचिवालय बैठक बसेको हो।