धनुषाको सदा परिवारमा भएको मृत्युको घटनाको छानबिनका लागि माग

2 years ago

धनुषाको सदा परिवारमा भएको मृत्युको घटनाको छानबिनका लागि माग

सांसदले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन  सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बुधबारको शून्य समयमा भाग लिँदै नेकपाकी शारदादेवी भट्टले सिङ्गो समाज  कोरोनामा जुधिरहेका बेला बलात्कारमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर कडा सजाय दिलाउन सरकारलाई सुझाव दिनुभयो ।

सोही दलकी  विमला पौडेलले कोभिड –१९ को सङ्क्रमणसँगै महिला र बालबालिका विभिन्न समस्यामा परेकाले सरकारलाई यसतर्फ विशेष चनाखो हुन सुझाव दिनुभयो । सोही पार्टीकै रामनारायण बिडारीले विदेशमा कोभिड– १९ का कारण अलपत्र परेका नागरिकलाई तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो ।

नेकपाकै सुमनराज व्याकुरेलले  धनुषाको सदा परिवारमा भएको  मृत्युको घटनाको छानबिनका लागि माग गर्नुभयो । नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझीले सरकारले झापाको मङ्गलबारे अस्पताललाई मदन भण्डारी अस्पताल नामकरण गर्न खोजेका कारण जनताको विरोध भएकाले  पुरानै नाम कायम गर्न माग गर्नुभयो ।