थानकोटमा प्रहरीद्धारा १४ सय लिटर भन्दा बढि घरेलु मदिरा नष्ट

2 years ago

थानकोटमा प्रहरीद्धारा १४ सय लिटर भन्दा बढि घरेलु मदिरा नष्ट

महानगरीय प्रहरी बृत थानकोटले लकडाउनको अवधिमा १४ सय लिटर भन्दा बढि घरेलु मदिरा नष्ट गरेको छ । लकडाउनको अवधिमा घरेलु मदिरा बनाउने २३ स्थानमा छापा मारेको र १४ सय १० लिटर बढि घरेलु मदिरा नष्ट गरिएको महानगरीय प्रहरी बृत थानकोटका प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

सो क्रममा १६ हजार ७ सय लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको उहाँले बताउनुभयो । चन्द्रागिरी नगरपालीका लगाएतका स्थानमा शान्ति सुरक्षा कायम गर्नका लागि बृत निरन्तर लागिपरेको उहाँले बताउनुभयो ।