तिज पर्व सीमाभित्र रहेर मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह

2 years ago

तिज पर्व सीमाभित्र रहेर मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह

विश्व महामारीको रुपमा कोरोना भाईरस  फैलिरहेको  बेला  प्रधानमन्त्री केपी शर्मा ओलीले महिला दिदीबाहिनीहरुलाई  सीमाभित्र रहेर तीज पर्व मनाउन आग्रह गर्नुभएको छ ।

शुक्रबार ट्विटमार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन आग्रह गर्नुभएको छ । उहाँले ट्वीटमार्फत यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासका साथ नमानउना आग्रह गरेको छ ।

सरकारले बुधबार रातिदेखि काठमाडौं उपत्यकामामा निषेधाज्ञा जारी गरेको छ।