डा. डीआर उपाध्यायले गीत लेखेरै विश्व रेकर्ड कायम गरे

2 years ago

डा. डीआर उपाध्यायले गीत लेखेरै विश्व रेकर्ड कायम गरे

गीतकार डा. डीआर उपाध्यायले गीत लेखेरै विश्व रेकर्ड कायम गर्नुभएको छ । डा. उपाध्यायले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड राख्नु भएको हो। आइतबार काठमाडौमा अयाोजित एक कार्यक्रममा बिभिन्न १७ विश्व किर्तिमान रेकर्डका प्रमाणपत्रहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार डा. उपाध्यायलाई हस्तान्तरण गर्नुभयो ।

सो एल्बमको एउटा गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ । कार्यक्रममा मन्त्री यादवले उपाध्यायले गीत मार्फत् धेरैवटा विश्व रेकर्ड कायम राखेर नेपालीको गौरव बढाएको बताउनु भयो ।

गीतकार उपाध्यायले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्ने गरेको बताउनु भयो । कार्यक्रममा डा उपाध्यायका बिभिन्न चार कृति सार्वजनिक गरिएको थियो ।