जनता समाजवादी पार्टी निर्वाचन आयोग

2 years ago

जनता समाजवादी पार्टी निर्वाचन आयोग

समाजवादी पार्टी र राप्रपाबीच एकतापछि बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

बिहीबार निर्वाचन आयोग पुगेर नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । लनयाँ दल दर्ताको निवेदन लिएर कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता पुगेका थिए।

निर्वाचन आयोगमा दल दर्ता गर्न नवगठित केन्द्रीय कमिटीको हस्ताक्षर आवश्यक हुन्छ । त्यसभन्दा अगाडि सम्बन्धित पार्टीका केन्द्रीय कमिटीले बैठक बसेर पार्टी एकताको निर्णय गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै दल दर्ताको प्रक्रिया सुरु हुन्छ ।

राजपा र समाजवादीका नेताहरू हतारहतार आयोग पुगेर बुधबार राति गरेको सहमतिको पत्र आयोगलाई बुझाएका थिए । त्यस्तै नयाँ पार्टी दर्ताको निवेदन नंवर १३८८ रहेको आयोगले जनाएको छ ।

निवेदन दर्तापछि नेता शरतसिंह भण्डारीले दुई दलबीच भएको सहमति आयोगमा पेश गरेको र आयोगले प्रक्रिया सुरु गर्ने बताउनुभयो । उहाले आयोगले मागेको कागजात छिटै पेश गर्ने बताउनुभयो ।

त्यस्तै नेता उपेन्द्र यादवले जनता समाजवादी पार्टी गठनको जानकारी गराएको बताउनुभयो । त्यस्तै नेता केशव झाले एकताको सहमतिपत्र बुझाएको र केन्द्रीय कमिटिको हस्ताक्षर लकडाउनपछि बुझाउने जानकारी दिनुभयो ।

बुधबार राति राजपा र समाजवादीले ४ बुँदे सहमति गर्दै पार्टी एकताको घोषणा गरेका थिए । दुवै पार्टीका ४–४ जना शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रमा पार्टी एकता समानताका आधारमा गर्ने, नवगठित पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने, पार्टीको झण्डा समाजवादीको र चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको राख्ने भनिएको छ ।

समाजवादी पार्टीबाट रेणु यादवसहितको समूह अलग हुने र अलग दल दर्ता गर्ने तयारी गरेपछि हतारमा राजपासँग पार्टी एकता गर्ने निर्णयमा समानवादी पुगेको थियो ।