जनता सामाजवादी पार्टीको सरकारी वकिल उजुरी

2 years ago

जनता सामाजवादी पार्टीको सरकारी वकिल उजुरी

नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल, नेकपाका नेता द्वयमहेश बस्नेत र कृष्णबहादुर श्रेष्ठ (किसान) विरुद्ध जोहरी लिन सरकारी वकिललको कार्यलयले अस्वीकार गरेको छ । अपहरण मुद्धामा जाहेरी दर्ता गर्न जनता सामाजवादी पार्टीका नेताहरू मंगलवार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए ।

जसपाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवलाई केही दिन अघि उहाको घर महोत्तरीबाट दबाब दिएर काठमाडौँ ल्याएको आरोप लगाइएको छ । अध्ययनका लागि  एक हप्ता लाग्ने भन्दै सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्न नमानेको हो ।

सरकारी वकिलको कार्यलय काठमाडौंमा जाहेरी दिन आएको तर निवदेन नलिइएको समाजवादीका नेता राजेन्द्र महत्तोले जानकारी दिनुभयो । जाहेरी दर्ता गर्न पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, अशोक राई, राजेन्द्र महतोलगायतका नेताहरू सरकारी वकिलको कार्यालय पुग्नुभएको थियो । 

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरणको उजुरी लिन अस्वीकार गरेको थियो ।  यस्तै समाजवादीले उजुरी दिने थाहा पाएपछि नेकपाका कार्यकर्तापनि बबरमहल पुगेका थिए । उनीहरुले देश टुक्राउने गरि नेकपामाथि प्रहार भइरहेको भन्दै नारावाजी गरेका थिए ।