कुवेत र ओमानमा रहेका नेपालीहरुको उद्धार

2 years ago

कुवेत र ओमानमा रहेका नेपालीहरुको उद्धार

बिहीबार पनि बिभिन्न गन्तव्यबाट नेपाली नागरिकलाई स्वदेश ल्याएको छ ।

कोभिड १९ व्यवस्थापन केन्द्रका अनुसार नेपाली तथा बिदेशी एयरलाइन्सले बिभिन्न देशमा रहेका नेपाली नागरीकलाई स्वदेश ल्याएको हो । कुवेतमा रहेका नेपालीलाई ल्याएर जजिरा एयरलाइन्स बिहीबार काठमाडौं आएको थियो । त्यस्तै  ओमानबाट १४७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।

सलाम एअरको फ्लाइट नम्बर ओभी ४२७ मार्फत ११० जना पुरुष र ३७ जना महिला लिएर जहाज काठमाडौं आएको थियो । त्यस्तै हिमालयन एयरलाईन्सले पनि बंगलादेशबाट नेपाली ल्याएको छ ।

स्वदेश ल्याएका नेपाली नागरिकलाई बिमानस्थलबाट काठमाडौंका बिभिन्न स्थानमा रहेका होल्डिङ् सेन्टर लगिएको थियो ।