3 years ago
उत्तर कोरियाली नेता किम जोङले आफ्नो भूमिमा एक दक्षिण कोरियाली अधिकारी मारिएको विषयमा माफी मागेका छन् ।
किम जोङले घटनामा माफी मागेको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जनाएको छ। दक्षिण कोरियाली अधिकारी उत्तर कोरियाबाट भागेर जाने क्रममा गोली हानी हत्या गरिएको हो । मृतकलाई १० वटा गोली हानी हत्या गरिएको उत्तर कोरियाली
सुरक्षाकर्मीहरूले जानकारी गराएको छ । घटनाको थप अनुसन्धान भईरहेको पनि बताएको छ ।