अर्को किशोरीद्धारा फेसबुकमा लाइभ गर्दै आत्महत्या

2 years ago

अर्को किशोरीद्धारा फेसबुकमा लाइभ गर्दै आत्महत्या

फेसबुकमा प्रत्यक्ष जाँदै एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्। केही दिन अघि दाङ पनि यस्तै घटना भएको थियो।

चितवन प्रहरीका अनुसार स्याउली बजारकी १९ वर्षीया किशोरीले शनिबार राति ८:४५ बजे झुण्डिएर आत्महत्या गरेकी थिइन्। प्रहरीका अनुसार ती किशोरी ब्यूटी पार्लरमा काम गर्छिन् र एक अनलाइन व्यवसायमा पनि संलग्न थिइन्।

प्रहरीले अझै आत्महत्याको कारण पत्ता लगाउन सकेको छैन।