काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा

2 years ago

काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा

काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको ट्राफिक महाशाखाले जनाएको छ । निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तर उपत्यकामा कार्यालय समयमा सवारी साधानको चाप देखिएको छ । प्रहरीले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ । निषेधाज्ञा कार्यान्वयन गराउनको लागि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ ।

आइतवार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ७ सय २७ ओटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ५ सय ७७ ओटा दुई पाङग्रे, ९५ ओटा चार पाङ्ग्रे, ४४ ओटा ठुला र ११ ओटा ट्याक्सी रहेका छन् ।