नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ

1 year ago

नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ

 

प्रहरीले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको बिभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकता सहित पक्राउ गरि सार्वजनिक गरेको हो । एकै घर परिवारका बाबु, छोरा लगाएतले बिभिन्न स्थानबाट नेपाली नागरिकता लिएको देखिएको प्रहरीले जनाएका छन् । उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगाएत समेत बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मनोज कुमार केसीले जानकारी दिनुभयो । उहाले अहिले १० जनालाई पक्राउ गरि कारवाहीको प्रक्रिया अघि बढाइसकेको र शंकास्पद केहिमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता र गोपाल गुप्ता, बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने रामसुन्दर गुप्ता, गोंगबु बस्ने रामप्रवेश गुप्ता, कलंकी बस्ने भरत गुप्ता,स्नेहलता गुप्ता, मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।