Dharma Television an Introduction

Dharma Television is an international Buddhist TV channel started in 2009 established for the purpose of spreading Buddhist philosophy, meditation and practices to bring peace, happiness, harmony, prosperity, mutual understanding, religious tolerance, brotherhood and enlightenment within ourselves and the global village that surrounds us.

Our focusis to promote information about Buddhist world heritage sites, Buddhist art and architecture, traditional Buddhist healing, places for Buddhist retreat, yoga, meditation, astrology, Buddhist ritual practices and the generaltraditions related to Buddhist culture in both an academic or non-academic presentation.

Our target audienceisthe general audience, worldwide Buddhist practitioners, scholars, lay Buddhist followers, members and students of academic and non-academic institutions and prominent Dharma masters.

Our objectiveis to make Dharma Television a prominent voice of global Buddhism and a digital path to the teachings and practices of Lord Shakyamuni Buddha and the great siddha masters that swiftly lead one to enlightenment. For this goal, Dharma Television will be arranging dharma talks and practices led by global Buddhist scholars and prominent masters in multiple language formats such as Nepali, English, Chinese, Hindi and many more.

Objectives

  1. Producing TV programs, documentaries, feature films related to Buddhism, Buddhist art of living,introducing Buddhism, awareness, mindfulness, yoga, meditation, practice, health, knowledge, events, Buddhist medicine, art etc. and making them available to relevant individuals, organizations, academic and non-academic institutions.
  2. Broadcasting television programs, documentaries, feature films on Buddhist history, chaityas, monasteries, shrines, meditation centers and archeological sites and making them available throughout the world to specific organizations or individuals.
  3. Broadcasting various distance dharma talks and discourses in cooperation with worldwide Buddhist universities, academic and non-academic institutions around the world.
  4. To attract attentions of kids, young’s, adults and all generation into Buddhism and its practices Dharma Television will produce and telecast cartoon movies, Serial, pranks, young’s gossip, imitation, various fun programs, competition, talent show containing infotainments and entertainment with message of dharma.
  5. Dharma TV will address issues related to indigenous peoples, tribes, dalits and back warded people etc. Likewise, it addresses issues and talks about potential solutions to problems by gathering, arguing and doing debate.
  6. To bring enlightenment, peace, harmony and prosperity in the global society Dharma Television will run programs related with awareness, rescue work and also run programs to support poor, needy, dalit, disable, orphan as well as focus by running programs to bring back to righteous path those youths from wrong livelihood such as theft, robbery etc.
  7. Dharma Television sincerely produce and broadcast programs on child labor, smuggling, sex trafficking, terrorism, domestic violence, social crime, health, etc. in collaborate with state or federal and non-governmental organizations to minimize and eradicate bad practices and accidents.
  8. For all Buddhists and non-Buddhists for humanity's sake, a program called the "common voice of the world human society" will be broadcast to promote the rights, happiness, peace, prosperity, brotherhood, mutual harmony, religious tolerance of all.
  9. Carrying out other necessary work related to television. To perform related training, study, research and consultancy services within the scope of prevailing law and order.
  10. The purchase and sale of vital materials related to the production of television from the country of origin or the operation of television through the importation or purchase and sale of such content.
  11. Various news and special program items such as ‘Dharma News’, ‘Collective News’, ‘Global Buddhist Events & Programs’, ‘The Hope’, ‘The Helping Hand- Samyaka Dana’, ‘The Delight Erth’, and also news about ceremonies, worship, training, meditation, sermons, pilgrimages, events and other national and international Buddhism-related events around the world, science and technology information programs will broadcast.
  12. Award Distribution program of Dharma Award,Ashoka Award, Siddhartha Award, Gautami Award, Bishakha Award, National Publicity Award, Orphan Pindaka Award, Padmasambhava Award, Album Award, Nagarjuna Award will heldaccording to national and international legal values and recognition, to honor and respect the contributions of those special religious leaders, social workers, scientists, donors who have made great contributions in the religious, social, political and technical fields.

धर्म टेलिभिजन एक परिचय

धर्म टेलिभिजन सिघ्र बौद्ध धर्मसंग सम्बन्धित अन्तराष्ट्रिय स्तरको टि.भि. च्यानल हुन गईरहेको छ । जो सन् २००९ सालबाट अनलाइन टि.भि.को रुपमा श्रद्धेय धर्मगुरु खेन रिन्पोछे सोनम ग्यूर्मे तामाङले सुरुवात गर्नु भएको हो । विशेष गरि बौद्ध धर्म, दर्शन, ध्यान र साधनाहरु प्रचार–प्रसार गरि सुख, शान्ति, समृद्धि, आपसी समझदारी, धार्मिक सहिष्णुता, भाईचारा तथा बुद्धत्व प्राप्ति गराउनु यस टेलिभिजनको मूख्य उद्देश्य हो ।

हामी मुख्यतया प्राज्ञिक एवं अप्राज्ञिक बौद्ध शिक्षा, विश्व बौद्ध सम्पदा, बौद्ध कला, वास्तुकला, परम्परागत बौद्ध हिलिङ, योग, ध्यान, अभ्यास, परम्परागत बौद्ध उपचार विधि, ज्योतिष, हिमाली बौद्ध भाषा, साहित्य, र विश्व बौद्ध संस्कृति र परम्पराको प्रबर्धन गर्ने कुरामा ध्यान केन्द्रित गर्दछौं ।

हाम्रो धर्म टेलिभिजनका लक्षित दर्शकहरू विशेष गरी सामान्य सबै जात, धर्म, संस्कार, परम्परा, भाषा देशका वाल वयश्क, युवा, युवती तथा जेष्ठ नागरिकहरु र विशेष गरि बुद्ध धर्ममा अभिरुचि भएका श्रोताहरू, विश्वव्यापी बौद्ध साधक, विद्वान, बौद्ध अनुयायी, शैक्षिक र गैर शैक्षिक संस्थाका सदस्य र विद्यार्थी तथा बौद्ध धर्म गुरुहरु हुन्।

धर्म टेलिभिजनलाई ‘विश्व बौद्धहरुको साझा आवाज’ को रूपमा र ‘बुद्ध तथा सिद्धहरु द्वारा प्रतिपादित शिक्षण एवं साधना द्वारा बुद्धत्व प्राप्ति गर्ने विद्युतीय उपकरणमा आधारित बुद्ध पथ’ बनाउने उद्देश्यले यस टि.भि च्यानलले विश्व भरिका धर्म गुरुहरुको मूखारवृन्दबाट नेपाली, अग्रेंजी, भोट, चिनिया, हिन्दी आदि भाषामा धर्म देशना कार्यक्रमहरु आयोजना तथा प्रसारण गर्नेछ ।

धर्म टेलिभिजनका उद्देश्यहरुः

सम्बन्धित निकायको स्वीकृति लिई स्याटलाईट, टेरोष्टोरियल, मेट्रो, केवल, सोसल मिडिया, मोबाई ऐप टि.भि. डिजिटल प्रविधिमा आधारित वा अन्य सबै माध्यमबाट टेलिभिजन सेवा संसार भरि प्रसारण गर्ने छ ।

बौद्ध धर्म संग सम्बन्धित प्राज्ञिक, अप्राज्ञिक शिक्षा, स्वास्थ्य, सुचना, घटना, समाचार, बौद्ध धर्म, संस्कृति, परम्परा, बौद्ध चिकित्सा, कला आदि बारे टि.भि. कार्यक्रम, डकुमेन्ट्री, फिचर फिल्म आदि निर्माण गरी प्रसारण गर्ने तथा सम्बन्धित निकाय, व्यक्ति, संघ, संस्थाहरुलाई उपलब्ध गर्ने गराउने छ ।

विश्व भरिका बौद्ध सम्पदा, चैत्य, मठ, विहार, गुम्बा, ध्यानालय, तिर्थ स्थल र पुरातात्विक स्थल आदि बारे टि.भी. प्रोग्राम, वृत्तचित्र, फिचर फिल्म निर्माण गरि प्रसारण गर्ने तथा सम्बन्धित संघ–संस्था वा व्यक्तिहरुलाई उपलब्ध गराउने छ ।

भगवान बुद्ध, बोधिसत्व तथा सिद्धहरुद्वारा प्रतिपादित बौद्ध धर्म, दर्शन ज्ञान, योग, ध्यान, साधनालाई विश्व भरिका विद्यालय, कलेज र विश्व विद्यालयमा पुर्यागउन विश्व भरिका शैक्षिक तथा गैर शैक्षिकसंस्था विश्व विद्यालयहरु संग मिलेर टेलिभिजन कार्यक्रम संचालन गर्ने तथा विविध वृत्तचित्रहरु निर्माण गर्ने छ ।

यूवा–यूवती, वयस्कहरु सबैलाई आकर्षण गरि धर्म बोध गराउन मनोरञ्जनात्मक कार्यक्रम, टि.भि. सिरियल, प्य्रांक्स, यूवाहरुको गफगाफ, नक्कल, हास्य ब्याङ्ग आदि कार्यक्रम निर्माण गरि प्रसारण गर्ने गराउने छ ।

यस टेलिभिजनले मुलवासी, जनजाती, दलित आदिको विषय, समस्यालाई सम्बोधन गर्ने तथा समस्याहरुको सम्भावित निकाषको बारे तर्क, भेला, बहस आदि गर्ने गराउने छ ।

गरिब, असहाय, दलित, अपाङ्ग, अनाथका साथै बाटो विराई भौतारिएका युवा–युवती, वयो–वृद्ध, नकारात्मक बाटो जस्तै चोरी, डकैती आदिमा अग्रसर भएका सबैलाई मार्ग दर्शन गरि सकरात्मक बाटोमा डोर्‍याउन विविध जागरण मुलक कार्यक्रम, उद्धार कार्य, भौतिक व्यवस्थापन सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने गराउने छ ।

बालश्रम, चेलिबेटी बेचविखन, देह व्यापार, आतकं, घरेलु हिंसा, सामाजिक अपराध, विपरित आजिविकाको बारे विशेष जागरण कार्यक्रम आदि गर्ने गराउने छ साथै उक्त घटनाहरु न्यूनिकरण तथा उन्मूलन गर्न गराउन राज्य वा सरकारी तथा गैर सरकारी संघ–संस्थाहरुसंग मिलेर कार्य गर्ने गराउने छ ।

विश्व भरिको बौद्ध–अबौद्ध सबैको हकहित, सुख, शान्ति, समृद्धि, भाईचारा, आपसी मेलमिलाप, धार्मिक सहिष्णुता बढाउन ‘विश्व मानव समाजको साझा आवाज’ को रुपमा यस टेलिभिजनले कार्यक्रम प्रसारण गर्ने गराउने छ ।

यस टेलिभिजनलाई व्यवस्थित, सक्रिय तथा विश्वव्यापी बनाउनलाई धार्मिक परिधिमा रहेर आर्थिक व्यवस्थापन गर्ने छन जसमा कार्यक्रम तथा विज्ञापन उत्पादन, प्रसारण, विक्री वितरणको काम गर्नेछ ।

उपरोक्त विषय लगायत मिडिया सम्बन्धित श्रव्य दृश्य उत्पादन, प्रसारण, टेलिभिजन कार्यक्रम, स्क्रोलिङ, विज्ञापन, जिंगल, वृत्तचित्र, टेलि चलचित्र आदि उत्पादन, प्रसारण तथा विक्री वितरण एवं सौजन्य आदिका रुपमा उपलब्ध गर्ने गराउने छ ।

टेलिभिजन सम्बन्धित अन्य आवश्यक काम गर्ने गराउने छ । सो सम्बन्धित तालिम, अध्ययन अनुसन्धान, परामर्श सेवा प्रचलित ऐन कानुनको दायरा भित्र रही कार्य गर्ने गराउने छ ।

विश्व भरि भई रहेका वा हुने वाला बौद्ध धर्म संग सम्बन्धित समारोह, पूजा–पाठ, प्रशिक्षण, ध्यान, प्रवचन, तिर्थयात्रा, कार्यक्रम र अन्य राष्ट्रीय तथा अन्तराष्ट्रिय घटना बारे सुचना, समाचार प्रचार–प्रसार गर्ने गराउने साथै राष्ट्रिय–अन्तराष्ट्रिय विविध समाचार, सकरात्मक–नकरात्मक घटनाहरु र विज्ञान र प्रविधि सम्बन्धित सुचना मूलक कार्यक्रम साथै दैनिक जिवन संग सम्बन्धित गाँस, बास, कपास, बाहन, शिक्षा, स्वास्थ्य, जागिर आदि बारे विविध कार्यक्रम प्रसारण गर्नेछ ।

धार्मिक सामाजिक, राजनितिक तथा प्राविधिक क्षेत्रहरुमा वृहत योगदान पुर्‍याएका ती विशेष धर्मगुरु, समाजसेवी, विज्ञजन, वैज्ञानिक, दातावर्गहरुलाई वहाँहरुको योगदानको कदर र सम्मान गर्न राष्ट्रिय एवं अन्तराष्ट्रिय कानुन, मूल्य र मान्यता बमोजिम धर्म अवार्ड, अशोक अवार्ड, सिद्धार्थ अवार्ड, गौतमी अवार्ड, विशाखा अवार्ड, अनाथ पिण्डक अवार्ड, पद्म संभव अवार्ड, नागर्जुन अवार्ड, भगवान बुद्ध अवार्ड, गन्धकुटी अवार्ड, साम्ये ल्हाखाङ अवार्ड, सिद्ध अवार्ड, जेतवन अवार्ड, नालांदा महाविहार अवार्ड, विक्रमशिल महा विहार अवार्ड, लुम्बिनी बुद्ध भूमि अवार्ड आदि राष्ट्रिय एवं अन्तराष्ट्रिय अवार्ड वितरण गर्ने गराउने छ ।