नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

1 year ago

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

 

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारवाही गर्नुपर्ने माग राख्दै युवाहरुले काठमाडौंमा प्रदर्शन छन् ।

हाम्रो टिम नेपाल नामक युवाहरुको समूहले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण दिन नहुने र जोसुकैलाई कारवाही गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले राजनीतिक संरक्षण गर्न पाईदैन, भ्रष्ट नेता चाहिदैन, प्रचण्ड सरकारलाई खवरदार कारवाही गर भ्रष्टचारी लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई युवाहरुको साथ रहेको जनाएका छन् ।