क्लिन अप प्रिमियर लिग अभियान सुरु

1 year ago

क्लिन अप प्रिमियर लिग अभियान सुरु

 

विश्व पृथ्वी दिवसका अवसरमा स्वच्छ वातावरणका लागि युवाहरुलाई सक्रिय बनाउने उद्देश्यले क्लिन अप प्रिमियर लिग अभियान सुरु गरिएको छ ।

मैनादेवी फाउन्डेसनले आयोजना गरेको अभियानअन्तर्गत शनिबार भद्रकाली प्लाजास्थित नेपाल टेलिकमको प्राङ्गणदेखि भद्रकाली मन्दिरसम्म ¥यालीसहित सफाइ गरिएको छ । ¥यालीमा सहभागी विद्यार्थीले ‘प्रदूषण उन्मूलन गरौँ, वातारण बाचौँ’, ‘सबै नागरिकलाई ज्ञान दिऊँ, सरसफाइ अभियानमा ध्यान दिऊँ’ लेखिएका प्ले कार्ड बोकेका थिए । फाउन्डेसनका अध्यक्ष केपी खनालले युवाहरुलाई सरसफाइमा आकर्षित गर्न, स्वच्छतामा प्रतिस्पर्धा गराउने उद्देश्यले पनि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

अभियानअन्तर्गत प्रत्येक शुक्रबार र शनिबार बिहान पशुपतिनाथ मन्दिर, स्वयम्भू मन्दिर, वसन्तपुर क्षेत्र र बौद्धलगायत विश्व सम्पदा सूचीमा परेका क्षेत्र, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, कलङ्की र अन्य अति व्यस्त क्षेत्रमा १५ कलेजका विद्यार्थीले आ–आफ्नो पायक पर्ने क्षेत्रमा सरसफाइ गरिने बताइएको छ । अभियान विश्व वातावरण दिवस जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।