1 year ago
शनिबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले काठमाडौंको कलंकी स्थीत नेपाल नेशनल हस्पिटल प्राङ्गणमा निशुल्क स्वास्थ्य जाँच गरेको हो । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, हाड जोर्नी, इसिजी, आखा लगाएतका चेक जाँचका तथा निशुल्क रुपमा नै औषधी वितरण गरिएको थियो भने निशुल्क चश्मा वितरण गरिएको थियो । त्यस्तै बृहत रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको स्वर्गीय नेता अधिकारीकी सुपुत्री लिमा अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा भरतमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गरिएको थियोे ।