1 year ago
राष्ट्रियसभा सदस्यहरुले शान्ति सुव्यवस्था, भ्रष्टाचार न्यूनीकरण, सुशासन, यातायात लगाएतका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकयर्षण गराएका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकको बिशेष समयमा कांग्रेसका कमलादेवी पन्तले मुलुकको सडक यातायात अस्तव्यस्थ र पीडा दायिक रहेकाले तत्काल सुधारको आवश्यकता रहेको बताउनुभयो । उहाले सडक यातायातलाई व्यवस्थीत गर्न सरकारले बिशेष ध्यान दिनुपर्ने पनि बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिनुभयो ।सरकारले मुलुकको आवश्यकता र जनताको आकाक्षालाई सम्बोधन गर्न सक्षम हुने उहाको बिश्वास छ ।
एमालेका सुमित्रादेवी बिसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटक–पटक दोहरिएको बताउनुभयो । हवाई यात्रालाई विश्वासनीय र परपर्दाे तुल्याउन उडाउन अघि प्राविधिक परीक्षणलाई कडाइका साथ लागू गर्न उहाले माग गर्नुभयो ।
बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ भने राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १० गते १ बजे बोलाइएको छ ।