1 year ago
.
बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मूख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । त्यसअघि एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित बुधबार नै प्रदेश प्रमुख शेरचन समक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख शेरचनले बिभिन्न आठ दलका ५८ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिनुभयो । उहाले मुख्यमन्त्रीमा नियुक्त भएकामा गिरीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभयो ।
त्यस्तै मुख्यमन्त्रीमा नियुक्त भएपछि गिरीले प्रदेशका आवश्यकतालाई अघि बढाउन र नागरिकका जिवनस्तर राजनीतिक परिवर्तनबाट सम्बोधन हुनुपर्छ भन्ने सोचका साथ जिम्मेवारी अघि बढाउने बताउनुभयो । आफुलाई समर्थन गरेका र समर्थन बाहिर रहेका दलहरुलाई एकसाथ लिएर प्रदेश सरकारको दायित्व पुरा गर्ने उहाको भनाई । मुख्यमन्त्री गिरीले देउखुरीमा राजधानीलाई व्यवस्थीत गर्ने र प्रदेशलाई समृद्ध बनाउने काम नै मुख्य हुने भन्दै मन्त्रीमण्डलको आकार सानो बनाउने सोचमा रहेको धारणा राख्नुभयो
गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन रहेको छ । गिरीले बिहीबार पद तथा गोपनियताको सपथ लिने बताइएको छ ।