1 year ago
उनीहरुले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हक अधिकार सुनिश्चित गर्नुपर्ने र स्थायी बिकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने धर्ना दिएका हुन् । उनीहरुले भूमि अभियान्तामाथिको झुटो जाहेरी निसर्त फिर्ता गर्नुपर्ने, भूमिऐन बमोजिम सुकुम्वासीलाई लालपूर्जा बितरण गर्नुपर्ने माग पनि राखेका छन् । आफुहरुलाई काठमाडौं महानगरले ज्यादती गरेको र प्रक्रिया पुरा नगरि उठिवास लगाउन खोजेको आरोप उनीहरुले लगाएका छन् । भूस्वामित्व सहितको स्थायी बिकल्प नदिएसम्म आफुहरु यथास्थानबाट नहट्ने उनीहरुको भनाइ छ ।