1 year ago
राष्ट्रिय शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजमति यज्ञडोल सामुदायिक वन पर्या–पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनतालाई परिवर्तनको आभाष गराउनका लागि आफ्नो अहिलेको कार्यकालमा सुशासन, बिकास र समृद्धिका केहि रेकर्डहरु बनाउनुपर्ने बताउनुभएको हो ।
आफ्नो जिवनको उत्तरार्धमा सम्पूर्ण रुपमा सुशासन र बिकासका निम्ती काम गर्ने प्रण गरेको उहाले बताउनुभयो । प्रचण्डले विस्तृत शान्ति सम्झौताका कारण अहिले नेपालको राजनीतिक प्रणाली अघि बढ्न सम्भव भएको बताउनुभयो ।
उहाले मुलुकमा शान्ति र राजनीतिक प्रणालीलाई मध्यनजर गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गरेको र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दृढ इच्छाशक्तिका कारण सम्भव भएको पनि बताउनुभयो । उहाले पहिलो पटक प्रधानमन्त्री बन्दा बिभिन्न कारणले मुलुकको परिवर्तनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न नसकेको भन्दै अव बाकी कामलाई अहिलेको कार्यकालमा पुरा गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय शहीद तथा शान्ति पार्कमा रहेको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेखीकरणको शुभारम्भ र राष्ट्रिय शहीद स्मारकको उद्घाटन गर्नुभएको थियो ।