1 year ago
शनिबार काठमाडौंमा कम्युनिस्ट आन्दोलनका पूराना नेता भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले करिब राष्ट्रिय सहमतिबाटै आफुले सदनबाट विश्वासको मत पाएको भन्दै सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको बताउनुभएको हो । सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आएको र प्रतिनिधिसभाको बैठकमा आफूलाई अभूतपूर्व विश्वासको मत प्राप्त भएको उहाले बताउनुभयो । उहाले आफुलाई सवैको समर्थन रहनु गौरव र चूनौति ठानेको जिकिर गर्नुभयो । प्रचण्डले गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा निर्वाचित भएकाले बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
उहाले भुवन श्रेष्ठको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको र झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको बताउनुभयो ।