1 year ago
रौतहट काठमाण्डौ सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले रौटहटमा केहि नेता तथा कार्यकर्ताले समानुपातीकतर्फ घण्टीमा मत मागेको खुलेको भन्दै अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकतालाई कारवाही गर्ने चेतावनी दिनुभएको हो । घण्टीको प्रचार गर्नेले कारणसहित अहिले नै पार्टीमा इमान्दारीका साथ जानकारी गराउन उहाले सुझाव दिनुभयो । अध्यक्ष नेपालले वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको धारणा पनि राख्नुभयो ।
उहाँले नेपालको राजनैतिक साथै आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको उल्लेख गर्नुभयो ।