PROPOSAL

                                                                     DHARMA AWARDS 2021

                                                                               प्रस्तावना

                                                                          धर्म अवार्डस् २०२१

 क्र.सं.      विषय    पृष्ठअंक
    पृष्ठभुमि      ३
    धर्म टेलिभिजनको जानकारी      ३
    धर्म पुरस्कारको महत्वः      ४
    धर्म पुरस्कार वितरणको उद्देश्यहरुः      ५
    सहभागिता     ५
    लक्षित समुदाय     ५
    लक्षित उद्देश्य     ५
    कार्यक्रमको अवधि      ५
    धर्म अवार्डबाट हुने अपेक्षित लाभः      ६
    कार्यक्रमको संचालन एवं व्यवस्थापन     ६
    धर्म पुरस्कारको नाम र स्वरुपः      ७
    मापदण्ड      ८
     

  कार्यविधि

क) विषय विज्ञ मूल कार्यकारी संघको गठन

ख) पुरस्कार सिफारिस विषय विज्ञ मुल संघको काम, कर्तव्य र अधिकार

ग) चार विषय विज्ञ उप-संघका स्वरूप, काम र कर्तव्य

घ) धर्म अवार्डस् 2021 व्यवस्थापन मूल कार्यकारी संघ र उप–संघको अवधारणा तथा मोडलः

ङ) धर्म पुरस्कार वितरण विधिः

च) छनौट तथा सिफारिस सम्बन्धी कार्यविधिः

छ) नोमिनि छनौट एवं सिफारिस विधि

ज) मत परिक्षण

ञ) दरखास्त पेश गर्ने कार्यविधिः

ट) पुरस्कार कोषः         

    

     १०

    ११

    ११

    ११

    १३

 

    १४

    १४

    १५

    १५

    १५

    १६

पृष्ठभुमि

धर्म, शान्ति, समृद्धि, विकास, शिक्षा, स्वास्थ्य, कुशल नेतृत्व, चिकित्सा, मानव, महिला, बाल–बालिकाको हक, हित, कल्याण, सत्य, अहिंसा तथा अन्य विविध विधा र क्षेत्रमा नेपाल लगायत विश्वको कुनै पनि भुगोलमा रहेर मानव समुदायलाई सहयोग गरेका र बुद्ध धर्म, संस्कृति, दर्शन शास्त्र जस्ता विधाहरूमा प्राज्ञिक अध्ययन, अनुसन्धान गरी योगदान पुर्‍याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल राष्ट्र एवं नेपाली जातिको गौरव बढाउने व्यक्तिहरुलाई पुरस्कृत गरी कदर गर्न र नयाँ पिढिँहरुलाई प्रेरणा प्रदान गर्न धर्म पुरस्कार कोषको स्थापना गरी ती पुरस्कारको व्यवस्थापनका निम्ति धर्म टेलिभिजन प्रा.लि.को नियमावलीको दफा १८ को उपदफा ६ सँग सम्बन्धित प्रबन्ध पत्र नियमावली ५ को ‘ण’ बमोजिम यो धर्म पुरस्कार मापदण्ड तथा कार्यविधि-धर्म अवार्डस् 2021 तयार पारिएको छ ।

धर्म टेलिभिजनको जानकारी

हाम्रो देश नेपाल तथागत सम्यक सम्बुद्ध जन्मनु भएको राष्ट्र भएकोले यस बुद्ध भुमिमा बुद्ध धर्म र संस्कृतिको संरक्षण र सम्मान गरिनु आवश्यक छ । विशेष गरी बौद्ध मार्गीहरुले अनुशरण गर्नु पर्ने बुद्ध शिक्षा, ध्यान, साधना, संस्कार, संस्कृति र मूल्य मान्यताहरुलाई आफ्ना अनुयायीहरु समक्ष पुर्‍याउन र अहिंसा, शान्ति सदाचारलाई समाजमा फैलाउनको लागि यो धर्म टेलिभिजन मिति पौष ७, २०७७ मा विधिवत रुपमा स्थापित भएको हो तर २०६५ सालमै महाबोधि टेलिभिजनको नामले यो टेलिभिजन अनलाईन टिभिको रुपमा थियो र विभिन्न संघर्ष र लामो धैर्यता पछि २०७७ सालमा राष्ट्रिय स्तरको HD Television को रुपमा स्थापित भएको हो । यस धर्म टेलिभिजनले धर्म र दर्शनको साथै सामाजिक सदाचार, एकतालाई अक्षुण राख्दै टेलिभिजनबाट विभिन्न किसिमको लाभदायक जनहित संवाद कार्यक्रम, जानकारी, सूचना, अन्तरक्रिया, डकुमेन्ट्री, दर्शन लगायत ताजा समाचारहरु प्रसारण गर्दै आएको छ । यसले टेलिभिजन च्यानल प्रसारणको साथै Website, App र सामाजिक सञ्जालहरुमा आफ्नो कार्यक्रम प्रसारण गर्दै आएको छ । यसले समाजको दृश्य र अदृश्य परिघटनाहरुलाई जनता समक्ष ल्याएर सामाजिक सचेतना, विधिको शासन लगायत विभिन्न किसिमका प्रशिक्षणात्मक र सृजनात्मक कार्यहरु गर्दै आएको छ ।

ङ) धर्म पुरस्कारको महत्वः

यस पुरस्कार मानव हितका लागि धार्मिक तथा सामाजिक दृष्टिकोणबाट अत्यन्तै उपयोगी र महत्वपूर्ण साबित हुनेछ । सर्वप्रथमतः यसले समाजमा सचेत ज्ञानको सम्मान र कदरमा विजारोपण गर्दछ । यसको मुल्य मान्यताहरु बौद्ध धर्मको असल मान्यतासंग सम्बन्धित भएकोले अहिंसा र शान्तिको मार्ग दर्शक हुन्छ । यसले कुशल नेतृत्व देखि असल योगदानकर्ताहरुलाई खोजि गरी उहाँहरुको योगदानको सम्मान गर्दछ । समाज, राष्ट्र र विश्वब्यापी रुपमा यसको प्रसारण गराई सबैलाई असल काम गर्ने उत्प्रेरणा जगाउँदछ । सम्मानित हुने साधक, श्रष्टा, अभियान्ता तथा आविष्कारकहरुसंग विभिन्न माध्यमबाट साक्षत्कार गराउँदछ । साथै निजको पैरवीकर्ता मार्फत उहाँहरुको योगदानको अनुसन्धान अन्वेषण गराई अभिलेख गर्ने र छोटो प्रोफाईल डकुमेन्ट्री बनाई टेलिभिजन तथा सामाजिक मिडिया मार्फत प्रसारण गरी जनताको पहुँचमा पुर्‍याईने छ । साथै उक्त कार्यमा जति सक्दो धेरै युवा तथा विद्यार्थीहरुलाई सहभागी गराईने हुदाँ युवा विद्यार्थीहरुले लाभ प्राप्त गर्ने छन् । उक्त पुरस्कार वितरणको चरण सम्म आई पुग्दा धेरै व्यक्तित्वहरुको विश्लेषण सहितको योगदानको अभिलेख हुने भएकोले सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान, खोज, अन्वेषण गर्ने व्यक्ति, विद्यार्थी, प्रध्यापक, विद्यालय, महाविद्यालय, विश्वविद्यालय लगायत सरकारी निकाय, गुम्बा र संघ-संस्थाहरुले समेत लाभ लिन सक्ने र उक्त व्यक्ति, संस्था वा निकाय लाभान्वित हुनेछ ।

धर्म पुरस्कार वितरणको उद्देश्यहरुः

यस धर्म पुरस्कार वितरणको उद्देश्यहरु देहाय बमोजिम हुनेछ ।

क. सामाजिक, आर्थिक, औद्योगिक आदि क्षेत्रमा कुशल नेतृत्वकार, आविस्कारको क्षेत्र, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संगीत, मानव सेवा, उत्थान, महिला, बाल–बालिकाहरुका हक र हित, पुरातात्विक, भाषा, भेषभुषा आदि क्षेत्रमा विशेष योगदान, सेवा र सहयोग पुर्‍याएका ती व्यक्तिहरुको खोजि गरि सम्मान र पुरस्कृत गरि विश्व सामू चिनाउने र त्यस्तै महान काम गर्न सबै विश्व मानव समुदायलाई प्रेरित गर्ने ।

ख. बुद्ध धर्म, ज्ञान, योग, ध्यान–साधना, संस्कार, संस्कृति, कला, संगीत र सबै विधाहरुको क्षेत्रमा विशेष भुमिका, योगदान पुर्‍याउने, संरक्षण र प्रवद्धन गर्ने व्यक्तिहरुको अवार्डद्वारा कदर, सम्मान गरि बौद्ध इतिहासमा वहाँहरुको योगदानलाई आमेट राखि प्रकाश पार्न निजको भिडियो प्रोफइल बनाउने ।

ग. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विविध क्षेत्र र विधाहरुमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरुको खोजि र सम्मान गर्ने,

घ. ओझेलमा परेका श्रष्टाहरुलाई बाहिर ल्याउने,

ङ. युवाहरुलाई धार्मिक तथा सामाजिक काम गर्न उत्साहित गर्ने,

च. धार्मिक मुल्य, मान्यता र बुद्ध धर्म, दर्शन, ध्यान, साधना, संस्कृति र परम्परालाई नेपाली र विश्व सामु ल्याउने ।

छ. मौलिक सृजनालाई विकास गराउने ।

ज. नेपाललाई विश्वभरि धर्म र दर्शनको कोणबाट अगुवा राष्ट्रको रुपमा स्थापित गर्ने ।

झ. नेपालमा भएका सीप युक्त व्यक्तिहरुको खोजि र तिनीहरुको प्रतिभा विश्व समक्ष प्रस्तुत गर्ने ।

ञ. धार्मिक र अन्य पर्यटन क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकास गर्ने ।

सहभागिताः कार्यक्रमको दौरानमा प्रत्यक्ष विभिन्न क्षेत्रका प्रत्येक कार्यक्रममा (१५०*२४) ४२०० र प्रत्यक्ष लाइभ र अफलाईन दर्शक एसिया, यूरोप र अमेरिकाबाट करिब १० करोड सहभागि

लक्षित समुदायः समग्र नेपाली, एसियाली, यूरोपेली तथा अमेरिकी

लक्षित उद्देश्य:

१.      राष्ट्रको शान, मान र विशेष धार्मिक, सांस्कृतिक एवं प्राकृतिक पक्षबाट नेपालको छुट्टै विशिष्ट पहिचान स्थापित गर्ने ।

२.     राष्ट्र र अन्तराष्ट्रिय जगतमा आर्थिक, भौतिक, सामाजिक आदि क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिहरुबाट नेपाल लगायत विश्वलाई सो बमोजिम काम गर्न ।

३.     तथागत बुद्ध, बोधि सत्त्व र वहाँहरुका अनुयायी यस युगको आदर्श व्यक्तिव वा पात्रको रुपमा लिने वहाँहरुको पथ अनुसरण गराउन विशेष सन्देश प्रवाह गराइने ।

कार्यक्रमको अवधिः २ महिना

धर्म अवार्डस्बाट हुने अपेक्षित लाभ:  बुद्ध, बोधिसत्त्व, धर्म परम्परा र तिनका महत्त्व, योग्दानबारे बृहत प्रचार-प्रसार हुने । राष्ट्रको शान, मान र बुद्धभुमिमा भएको महान व्यक्ति धार्मिक तिर्थस्थल, इतिहासबारे विश्वव्यापी जानकारी हुने ।

सयौं विद्यार्थीहरुले आफ्नो ज्ञान, अनुभव प्रस्तुत गरि आफु विश्व सामु परिचित हुने र कामको अवसरहरु प्राप्त हुने ।

ओझेलमा परेका व्यक्तिहरुले सार्वजनिक हुने अवसर पाउने । सीपयुक्त व्यक्तिहरुको लागि सम्मानको साथ व्यवसायिक विकास हुने ।

कार्यक्रमको सञ्चालन एवं व्यवस्थापनः यस कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन धर्म टेलिभिजनको विशेष अगुवाईमा महाबोधि डकुमेन्ट्री एण्ड फिल्म प्रडक्शन फाउन्डेशन त्रिभुवन विश्व विद्यालय, लुम्बिनी बौद्ध विश्व विद्यालय र अन्य विश्व विद्यालय, कलेज, स्कुल, धार्मिक-सामाजिक संघ-संस्था र त्यसमा आवद्ध, शिक्षक, विद्यार्थी, समाजसेवी, धर्म प्रचारहरुको विशेष साथ र सहयोगमा यो धर्म अवार्डस्को २ महिने मूल कार्यक्रम तथा संचालन एवं व्यवस्थापन गरिन्छ ।

समस्याको पहिचानः नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालमा बौद्ध मार्गीहरुको कुल जनसंख्य २४, ४२५० मात्र छन्, जसअनुसार नेपाल बुद्ध भुमिमै बुद्ध धर्म र शिक्षाको विकास नभएका पुष्टि हुन्छ । यस्तो अवस्थामा बौद्ध शिक्षा, दर्शनहरुको अध्यन, अध्यापन गर्ने जनशक्ति उत्पादन नभएको ठहरिन्छ त्यसार्थ विकासको २५ प्रतिशत जनशक्ति र मौलिक शैक्षिक आधारको सदुपयोग नगर्नु समान हो । नेपाल र केहि मूलूक बाहेक यूरोप, अमेरिका, एसियाका प्रायः देशहरुले पनि बौद्ध शिक्षालाई विश्व विद्यालय, स्कुल, कलेजमा अध्यनको विषय र ठुलो आयश्रोतको आधार बनाएका छन् । त्यसार्थ यस प्रकारका धर्म अवार्डस् कार्यक्रम नराख्नाले, बुद्ध शिक्षा, आर्थिक विकासहरुको राष्ट्रिय मौलिक आधार निष्क्रिय हुने र यसबाट विविध समस्याहरु आउन सकिन्छ । राष्ट्रको लागि मरि मेट्ने व्यक्ति, संस्था, सरकारी पदाधिकारी, निकाय वा मन्त्रालय जो कसैले आ-आफ्नो स्थानबाट कार्यक्रमलाई आर्थिक, भौतिक वा नैतिक साथ, समर्थन दिनु राष्ट्रिय गौरव, कर्तव्य र जागरुक राष्ट्रवादी नागरिकको धर्म पनि हो ।

१. धर्म पुरस्कारको नाम र स्वरूपः

नेपालमा स्थापित धर्म टेलिभिजन प्रा.लि.को तर्फबाट नेपाल लगायत विश्वमा बुद्ध धर्म, दर्शन, ज्ञान, योग, साधना फैलाउने र बुद्ध लगायत ती  बोधिसत्व, अर्हत र विशेष व्यक्तिको व्यक्तित्व  र महिमालाई अनुसरण, कदर र स्मरण गर्न सो अनुरुप हाल विविध विधा र क्षेत्रमा अमुल्य योग्दान पुर्‍याएका महान व्यक्तिहरुको पहिचान र सम्मान गर्नका साथै नयाँ बौद्ध मिडियाहरुलाई सकरात्मक प्रेरणा प्रदान गरी युवा शक्तिलाई शान्ति, ज्ञान,समृद्धि र बुद्धत्व प्राप्ति तर्फ अग्रसर गराउन १० प्रकारका धर्म पुरस्कारको स्थापना गरेको छ र तिनको नाम र स्वरूप यस प्रकार छन्ः

1.   धर्म चक्र पुरस्कार (Dharma Chakra Award) (प्रत्येक वर्ष १ पटक)

क.  धर्म चक्र पुरस्कार (Dharma Chakra Award)

ख.  धर्म चक्र थेरावाद पुरस्कार (Dharma Chakra Theravada Award)

ग.    धर्म चक्र महायान पुरस्कार (Dharma Chakra Mahayana Award)

घ.    धर्म चक्र बज्रयान पुरस्कार  (Dharma Chakra Vajrayana Award)

२. पद्य सम्भव महासिद्ध पुरस्कार (Padma Sambhava Mahasiddha Award) (प्रत्येक वर्ष १ पटक)

३. धर्म अशोक नेतृत्व पुरस्कार (Dharma Ashok Leadership Award) (प्रत्येक वर्ष १   पटक)

क. धर्म अशोक राष्ट्रिय नेतृत्व पुरस्कार  (a. Dharma Ashoka National Leadership Award)

ख. धर्म अशोक अन्तर्राष्ट्रिय नेतृत्व पुरस्कार (b. Dharma Ashoka International Leadership Award)

४. नागार्जुन आविस्कार पुरस्कार (Nagarjuna Invention Award) (प्रत्येक वर्ष १ पटक)

५. मञ्जुश्री शिक्षा, कला, साहित्य, संगीत उद्योग पुरस्कार (Manjushree Education, Art, Literature, Music and Corporate Award) (प्रत्येक वर्ष १ पटक)

क. मञ्जुश्री उत्तम स्कुल पुरस्कार (a. Manjushri Best School Award)

ख. मञ्जुश्री उत्तम कलेज पुरस्कार (b. Manjushri Best College Award)

ग. मञ्जुश्री उत्तम कलाकार पुरस्कार (c. Manjushri Best Artist Award)

घ. मञ्जुश्री उत्तम बौद्ध संगीत पुरस्कार (d. Manjushri Best Buddhist Music Award)

ङ. मञ्जुश्री उत्तम उद्योग पुरस्कार (e. Manjushri Best Corporate Award)

६. आनन्द मानव सेवा पुरस्कार (Aananda Humanitarian Award) (प्रत्येक वर्ष १ पटक)

७. विशाखा महिला कल्याण पुरस्कार (Vishakha Women Welfare Award) (प्रत्येक वर्ष १ पटक)

८.जीवक चिकित्सक, चिकित्सालय पुरस्कार (Jiwak Doctor and Hospital Award), 

क. जीवक उत्तम चिकित्सक पुरस्कार  (Jiwak Best Doctor Award unboil)

ख. जीवक उत्तम चिकित्सालय पुरस्कार (Jiwaka Best Hospital Award) (प्रत्येक वर्ष १ पटक)

९. अनाथ पिण्डिक दानविर पुरस्कार (Anaath Pindaka Philanthropist Award ) (प्रत्येक वर्ष १ पटक)

१०. झुएन झाड तिर्थालु पुरस्कार (Xuan Zang Pilgrim Award) (प्रत्येक वर्ष १ पटक)

२. मापदण्ड

यस धर्म टेलिभिजन प्रा.लि. बाट प्रदान गरिने उपर्युक्त धर्म पुरस्कारका निम्ति व्यक्तित्व वा संस्था छनोटका मापदण्डहरू यस प्रकार निर्धारण गरिएको छः

प्रत्येक १ वर्षमा प्रदान गरिने धर्म चक्र पुरस्कार (Dharma Chakra Awards) बाट नेपाल तथा विश्वमा बुद्ध धर्म, दर्शन, ध्यान, साधना, बुद्ध शिक्षाको व्यापक प्रचार-प्रसार र थेरवाद, महायान र बज्रयान आ-आफ्नो सिद्धान्तलाई फैलाई धर्म र धार्मिक व्यक्ति, समुदाय, संघ साथै विश्व मानव र प्राणीको अप्रमेय कल्याण गर्नु भएका त्यस्ता महान धर्म प्रचारक गुरु वा अनुयायीलाई यस धर्म चक्र अवार्ड द्वारा सम्मानित गरिने छ ।

यस अवार्ड भिन्न भिन्न सैद्धान्तिक कोणबाट सम्बन्धित सिद्धान्तको प्रचार-प्रसारको आधारमा निम्न ४ प्रकारको अवार्डद्वारा पुरस्कृत गरिनेछ । सो साधक विविध भेदभाव भन्दा माथी उठेर समाज, राष्ट्र र विश्वको कल्याण गरेको हुनु पर्नेछ ।  यस अन्तर्गतः  

१. धर्मचक्र पुरस्कार 1. Dharma Chakra Award

२. धर्मचक्र थेराबाद पुरस्कार 2. Dharma Chakra Theravada Award

३. धर्मचक्र महायान पुरस्कार । 3. Dharma Chakra Mahayana Award

४. धर्मचक्र बज्रयान पुरस्कार पर्दछन् । 4. Dharma Chakra Vajrayana Award

क. बुद्ध धर्मको तीनै यान अन्तर्गत बुद्ध धर्म, शिक्षा, ध्यान, साधना, योग, संस्कार, संस्कृति, त्रिपिटक र यसको अनुवादन आदि क्षेत्रमा विशेष भुमिका निर्वाह गरि सामान्य बुद्ध धर्मलाई संरक्षण, प्रवर्द्धन र विकास गर्ने महान व्यक्तिलाई धर्म चक्र अवार्ड र तीन यान विशेषको संरक्षण प्रवर्द्धन र विकास गर्नु हुने गुरु वा अनुयायी महानुभावलाई सो अनुसार अन्य ३ वटा अवार्डद्वारा सम्मानित गरिने छ ।

ख. गुरु पद्म सम्भवद्वारा अभ्यास गर्नु भएका, वहाँद्वारा फैलाउनु भएका हिमाली बुद्ध धर्म र बज्रयान अन्तर्गत गुह्यतन्त्रहरुको लामो समय सम्म अभ्यास गर्नु भएका, वाङ, लुङ, साधना गर्न र त्यससंग सम्बन्धित स्कुल, कलेजहरुलाई प्रारम्भ, सञ्चालन आदिका लागि आर्थिक, भौतिक दान गर्नु भएका महान दाता वा त्यस्ता स्कुल, कलेज संचालन गर्नु भई अत्याधिक विद्यार्थी उत्पादन गर्नु भएका धर्मगुरु, संचालक वा पद्म सम्भवका काय, वाक, चित्त, गुण र कर्मको निर्माण काय (रिन्पोछेहरु) को रुपमा वा सो अनुरुप उत्कृष्ट रुपमा गुह्य तन्त्र हिमाली बुद्ध धर्म समेत संसार भरि फैलाई महान धार्मिक कार्य गर्नेलाई ‘पद्म सम्भव महासिद्ध अवार्डस्’ द्वारा सम्मानित गरिने छ ।

ग. प्रत्येक १ वर्षमा प्रदान गरिने ‘धर्म अशोक नेतृत्व पुरस्कार’ (Dharma Ashok Leadership Award) बाट राजनीतिक कुशल नेतृत्व वा सामाजिक, धार्मिक र औद्योगिक कुशल नेतृत्व गर्ने ती सफल र कुशल नेतृत्वकर्तालाई छनोट गरी २ प्रकारका नेतृत्व अवार्डस् प्रदान गरिनेछ । राजनीति, धर्म, समाज वा उद्योग कुनै एकबाट राष्ट्रलाई विशेष र उत्कृष्ट नेतृत्व प्रदान गर्ने कुशल नेतृत्व कर्तालाई ‘धर्म अशोक राष्ट्रिय नेतृत्व पुरस्कार’ वा पुर्वोक्त चार मध्ये कुनै एक बाट अन्तर्राष्ट्रिय जगतमा विशेष र सर्वोत्कृष्ट नेतृत्व गर्नेलाई ‘धर्म अशोक अन्तर्राष्ट्रिय नेतृत्व पुरस्कार’ द्वारा सम्मानित गरिने छ ।

घ. प्रत्येक १ वर्षमा प्रदान गरिने ‘नागार्जुन आविस्कार पुरस्कार’ (Nagarjuna Invention Award)  बाट आविस्कारको क्षेत्रमा गहनतम अध्ययन एवं अनुसन्धान गर्ने वा विशेष आविस्कार गरी समाज, राष्ट्र वा विश्वलाई  मानव वा प्राणी सेवा गर्ने ठोस उपलब्धि मुलक कार्य गरी सर्वोत्कृष्ट योगदान गर्ने व्यक्तिलार्ई ‘नागार्जुन आविस्कार पुरस्कार’ द्वारा पुरस्कृत गरिनेछ ।

ङ. प्रत्येक वर्ष प्रदान गरिने ‘मञ्जुश्री शिक्षा, कला, बौद्ध संगीत, उद्योग पुरस्कार’ (Manjushree Education, Art, Buddhist Music and Corporate  Award) बाट शिक्षा, कला, बौद्ध संगीत र उद्योग क्षेत्रमा सर्वोत्कृष्ट योगदान गर्ने स्कुल, कलेज, कलाकार, बौद्ध संगीतकर्मी र उद्योगहरुलाई विधि पुर्वक पुरस्कृत गरिनेछ ।

च. प्रत्येक वर्ष प्रदान गरिने ‘आनन्द मानव सेवा पुरस्कार’ (Aananda Humanitarian Award) बाट नेपाल वा विश्वको कुनै पनि देशहरुमा मानवीय सेवा र उत्थानको क्षेत्रमा सर्वोत्कृष्ट योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

छ. प्रत्येक वर्ष प्रदान गरिने ‘अनाथ पिण्डिक दानविर पुस्कार’ (Anaath Pindak Philanthropist Award) बाट नेपाल वा विश्वको कुनै पनि देशमा गरिब, अनाथ, असहाय र अशक्तहरुलाई आर्थिक र भौतिक सहयोग गरी समाजमा सर्वोत्कृष्ट सम्बन्धित क्षेत्रको योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

ज. प्रत्येक वर्ष प्रदान गरिने ‘विशाखा महिला कल्याण पुरस्कार’ (Vishakha Women Welfare Award) बाट नेपाल वा विश्वका कुनै पनि देशमा महिला उत्थान र सशक्तीकरणको क्षेत्रमा उत्कृष्ट योगदान गर्ने  व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

झ. ‘झुएन झाङ तिर्थ यात्रु पुरस्कार’ (Xuanzang Pilgrim Award) जसले बौद्ध तिर्थ स्थलहरुको खोज, तिर्थ दर्शन, यात्रा, अनुसन्धनात्मक लेख, डकुमेन्ट्री तयार पारेका छन्, वा बौद्ध तिर्थ, गुह्य क्षेत्र, पुरातात्वीक, धार्मिक स्थलहरुको खोज अनुसन्धान गर्ने वा  त्यसका संरक्षण, प्रवर्द्धन विकास गर्ने व्यक्ति वा संस्थाहरु मध्ये उत्कृष्ट हुन पुगेको संस्था वा व्यक्तिलाई यस पुरस्कारले पुरस्कृत गरिने छ ।

ञ. ‘जीवक चिकित्सक, चिकित्सालय पुरस्कार’ (Jiwak Doctor Hospital Award) द्वारा राष्ट्र वा अन्य देशमा चिकित्सा क्षेत्रमा विशेष र सर्वोत्कृष्ट सेवा ,सुविधा प्रदान गर्ने अस्पताल र चिकित्सकहरुलाई (Jiwaka Best Hospital)  ‘जीवक उत्तम हस्पिटल’ र (Jiwak Best Doctor) ‘जीवक उत्तम चिकित्सक’ पुरस्कारद्वांरा सम्मानित गरिनेछ ।

माथिका कुनै पनि अवार्डले सम्मानित हुनलाई धर्म अवार्डस् 2021 को कार्य विधि अनुसार सम्पुर्ण प्रक्रिया पुरा गर्नु पर्नेछ । जसमा प्रस्तावक वा नोमिनि स्वय‌‌ंले नाम अवार्डको निम्ति प्रस्ताव गरे पछि दरखास्त पेश गर्ने प्रक्रिया पुरा गरि अप्रुभ गराइनु पर्ने छ र त्यस पश्चात जनताको भोटको ७५% मत र जजको २५% मतको आधारमा अवार्ड प्राप्त गर्न सकिने छ ।

अवार्डसको प्रक्रिया

३. कार्यविधिः

उपर्युक्त पुरस्कारका निम्ति व्यक्तित्व छनोट र स्वीकृत गर्न विषय विज्ञहरु सहितका मुल संघ र सिफारिस गर्ने उप-संघ सहित अन्य तीन उप-संघ गठन गरिने छ । सो पुरस्कार छनोट मुल संघको गठन, संघको काम, कर्तव्य र अधिकार, छनौट तथा सिफारिस कार्य विधि, सूचना जारी गर्ने, दरखास्त पेश गर्ने तथा पुरस्कार कोष खडा गर्ने कार्य विधि यस प्रकार हुने छ ।

क) विषय विज्ञ मूल कार्यकारी संघको गठनः यस धर्म टेलिभिजन प्रा.लि. बाट आयोजना गरिने धर्म अवार्डस् 2021 व्यवस्थापनको लागि देहाय बमोजिम ५ सदस्यीय पुरस्कार सिफारिस विषय विज्ञ मुल कार्यकारी संघ गठन गरिने छ ।

क. धर्म टेलिभिजन प्रा.लि. को अध्यक्ष       संयोजक

ख. विषय विज्ञ                          सदस्य

ग. विषय विज्ञ                          सदस्य

घ. विषय विज्ञ                          सदस्य

ङ. विषय विज्ञ                          सदस्य

) पुरस्कार सिफारिस विषय विज्ञ मुल संघको काम, कर्तव्य र अधिकारः यस धर्म टेलिभिजन प्रा.लि. बाट प्रदान गरिने पुरस्कार सिफारिस मुल कार्यकारी संघको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

क. यस मूल कार्यकारी संघले सर्व प्रथम पुरस्कार सिफारिस विषय विज्ञ उप-संघको व्यवस्था गरि पुरस्कार वितरणको चरणबद्ध प्रक्रियाहरु जस्तैः सेमिनार, प्रेस विज्ञप्ति, नोमिनी आहवान, कार्यक्रम संचालन हेतु आर्थिक, भौतिक, प्राविधिक र विविध श्रोत साधन व्यवस्थापनको निति प्रक्रियाहरु निर्माण गरि कार्यन्वयन गर्ने र उप–संघ बाट गराउने छ ।

ख. यस उप–संघबाट सेमिनार देखि प्रेस विज्ञप्ति, धर्म अवार्डस् 2021 को सम्पुर्ण कार्यक्रमहरुको आयोजना, त्यसको प्रसारण गराई मुल कार्यकारी संयोजक स्वयंको पनि सक्रियातामा अवार्डस् कार्यक्रमलाई सम्पन्न गराईने छ ।

ग. पुरस्कार वितरण समय अवधि तय गर्ने र कार्यक्रमहरु  बनाउने, सञ्चालन गर्ने ।

घ. पुरस्कृत हुन योग्य उम्मेदवार पात्र छनोट गर्ने र पुरस्कारको लागि सिफारिस गर्ने ।

ङ. छनोट तथा सिफारिस उप-संघ गठन गरी कामको जिम्मेवारी तोक्ने ।

च. सरकारी निकाय तथा संघ-संस्थाहरुसंग समन्वय गर्ने ।

छ. प्रत्येक अवार्डहरुको छुट्टै संयोजक नियुक्ति गरि आ-आफ्नो कार्य क्षेत्रमा परेका जिम्मेबार  व्यक्तिको काम, कर्तव्य बोध गराउने, प्रशिक्षित गराउने र उत्कृष्ट प्रस्तुतिहरु गराउन निर्णायक लगायत एडभोकेसी एक्सपर्ट संग समन्वय गरि राख्ने, जिम्मेवारी निर्धारण गरि तोक्ने ।

ग) चार विषय विज्ञ उप-संघका स्वरूप, काम र कर्तव्यः

१. प्रशासन विभागः

क. छनोट तथा सिफारिस उप–संघ प्रमुख संयोजक

ख. १० उप–संघ संयोजक

ग. निर्णायक मण्डल

घ. प्रशिक्षक, सह–प्रशिक्षक

ङ. कार्यक्रम संयोजक

च. एडभोकेट ।

छ. संचार एवं सार्वजनिक सम्बन्ध प्रबन्धक

२. आर्थिक विभागः

क. प्रमूख अर्थ प्रबन्धक

ख. कार्यक्रम प्रायोजक संयोजक

ग. मानव श्रोत प्रायोजन संयोजक

घ. अवार्डस् ट्रफी प्रायोजन संयोजक

ङ. श्रोत प्रायोजन संयोजक

च. स्टुडियो प्रायोजन संयोजक

छ. भोजन तथा जल–पान प्रायोजन संयोजक

ज. प्रसारण प्रायोजन संयोजक

३. उत्पादन विभागः

क. प्रमुख कार्यकारी निर्देशक

ख. निर्देशक

ग. सम्पादक

घ. छायङ्कन

ङ. श्रृङगार

च.  MCR

४. प्राविधिक विभागः

क. स्टेज प्रबन्धक

ख. ध्वनि प्रबन्धक

ग. विद्युत प्रबन्धक

घ. विद्युतीय यन्त्र प्रबन्धक

धर्म अवार्डस द्दण्द्दज्ञ व्यवस्थापन मूल कार्यकारी संघ र उप–संघको अवधारणा तथा मोडलः

मूल कार्यकारी संयोज                                                                           सम्पुर्ण कार्यभार                                                                                                                              सदस्य                                                                                             विषय विज्ञ                  
सदस्य                                            मूल कार्यकारी संघ                             विषय विज्ञ                                                                                                                                  सदस्य                                           Dharma Television                        विषय विज्ञ                                        
सदस्य                                                                                              विषय विज्ञ  

प्रशासनः

क। छनोट तथा सिफारिस उप–समुह प्रमुख संयोजक                
ख।उप–संघ संयोजक ९१० जना०
ग। निर्णायक मण्डल
घ। प्रशिक्षक वर्ग
ङ। कार्यक्रम संयोजक
च। अधिवक्ता

आर्थिकः

प्र्रमूख अर्थ प्रबन्धक

कार्यक्रम प्रायोजक संयोजक

मानव श्रोत प्रायोजन संयोजक

अवार्डस ट्रफी प्रायोजन संयोजक

श्रोत प्रायोजन संयोजक

स्टुडियो प्रायोजन संयोजक

भोजन तथा जल–पान प्रायोजन संयोजक

प्रसारण प्रायोजन संयोजक

उत्पादन ः

प्रमुख कार्यकारी निर्देशक

निर्देशक

सम्पादक

छायड्ढन

श्रृङगार

ऋच्

प्राविधि ः

स्टेज प्रबन्धक

ध्वनि प्रबन्धक

विद्युत प्रबन्धक

विद्युतीय यन्त्र प्रबन्ध

ङ) धर्म पुरस्कार वितरण विधिः

यस पुरस्कारको वितरण गर्ने कार्य धर्म पुरस्कार मापदण्ड र कार्यबिधि @)&& को व्यवस्था बमोजिम गरिने छ, सो कार्यविधिको व्यवस्थाको अलावा देहायको विधिहरु प्रयोग गरी उपयुक्त व्यक्ति छनौट गरिनेछ ।  

१. मरणोप्रान्त प्रदान गरिने पुरस्कारः कुनै व्यक्तिको योगदानलाई कदर गरी निजको मरणोप्रान्त प्रदान गरिने पुरस्कारको लागि शुरुमा आयोजक संस्थाले नै खोज अनुसन्धान गरी मनोनयन गर्नेछ वा सम्बन्धित र ईच्छुक व्यक्तिले नाम सिफारिस गर्नु पर्नेछ । उक्त मनोनयन दर्ता भएपछि निजको हकवालाको सहमती लिईने छ । निजको योगदानको विषयमा हकवालाहरुलाई नै पैरवी गर्ने अवसर दिईनेछ । साथै मिडिया प्रमोशन आयोजकले गर्नेछ ।

. अन्य योगदान कर्तालाई प्रदान गरिने पुरस्कारः

क. योगदान कर्ताको तर्फबाट सुचना बमोजिम मनोनयन दर्ता गराउन सकिनेः

पैरवीकर्ता तोक्ने वा आफैले पैरवी गर्न सकिने छ ।

ख. मनोनयन कर्ता आफैले मनोनयन दर्ता गर्न सक्नेः

पैरवीकर्ता तोक्ने वा आयोजकलाई पैरवीको जिम्मा दिन सकिने छ ।

ग. आयोजक आफैले मनोनयन दर्ता गराउन सक्नेः

आयोजकले नै पैरवी गर्ने ।

घ. धर्म टेलिभिजनले उपलब्ध गराएका एडभोकेट चयन गरि कुनै पनि नोमिनीहरुको लागि पैरवी गराउन आवेदन गर्न सकिने छ ।

च) छनौट तथा सिफारिस सम्बन्धी कार्यविधिः

हरेक विधामा कम्तीमा ८ जनाको मनोनयन दर्ता भएपछि मात्र प्रतिस्पर्धा गराईने छ ।

१.योगदानको प्रभावकारीताको आधारमा

२.हरेक व्यक्ति वा संस्थाको पैरवीकर्ताले बखान गरेको तर्कको आधारमा

३.विषेशज्ञले गरेको विश्लेषणको आधारमा

४.मिडिया प्रमोशनमा सकारात्मक टिप्पणीको आधारमा

५. मिडिया भोटिङको आधारमा

नोटः मार्किङ्ग गर्दा माथि १, २, ३, ४, अन्तर्गत २५ प्रतिशत र ५ अन्तर्गत ७५ प्रतिशत अंक निर्धारण गरिनेछ । साथै पुरस्कार सिफारिस संघले अन्तिम निर्णय गरी सिफारिस गरेको व्यक्ति तथा संस्था लाई मात्र पुरस्कार प्रदान गरिनेछ ।

दायित्वः मनोनयन दर्ता गर्नु अघि आयोजकले सम्बन्धित व्यक्तिसंग सहमति लिनेछ ।

मिडिया प्रमोशनको सम्पुर्ण जिम्मा आयोजकले लिने छ ।

पैरवीकर्ताहरुलाई स्रोत सामाग्रीहरु आयोजकले व्यवस्था गर्नेछ ।

पैरवी गर्ने चरण तथा प्रक्रिया आयोजकले नै निर्धारण गर्ने छ ।

मिडिया भोटिङ् प्रणाली आयोजक मार्फत सञ्चालन गरिनेछ । 

छ. नोमिनि छनौट एवं सिफारिस विधिः यी पुरस्कार प्राप्त गर्ने व्यक्तिले सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष सेवा गरेको, भ्रष्टचार, हत्या, हिंसा, दंगा, आतंकबाद जस्ता जघन्य आक्षेप नलागेको, राज्य वा राष्ट्रिय स्तरमा मान, सम्मान प्राप्त गरेका वा प्राप्त गर्न योग्य हुनु पर्ने छ ।

ज. मत परिक्षणः जनताले दिएको ७५% भोट र निर्णायक मण्डलको २५% भोटको आधारमा जित÷हार हुने

झ. विषयका विज्ञहरूबाट पनि राय सुझाव सङ्कलन गरी उपर्युक्त पुरस्कार प्राप्त गर्न सक्ने योग्यता पुगेको व्यक्ति वा संस्थाको चयन गरी निजको व्यक्तिगत वा संस्थागत विवरण र  पुरस्कृत गर्नुपर्ने ठोस पुस्ट्याइँ समेत दिई मुल संयोजक समक्ष नाम सिफारिस गर्नेछ ।

ञ) दरखास्त पेश गर्ने कार्य बिधिः

क. सिफरिस कर्ताले पेश गर्नु पर्नेः

अ) सिफरिस कर्ताको परिचय विवरणः

१) नागरिकताको प्रतिलिपी, फोटो, सबै विवरण खुल्ने बायोडाटा (CV) र पुरस्कृत हुने व्यक्तिको सहमती पत्र ।     

२) पुरस्कृत हुने व्यक्तिको Advocacy गर्ने स्वघोषणा ।

आ) पुरस्कृत हुने व्यक्तिको परिचय खुल्ने विवरणः

१) नागरिकताको प्रतिलिपी, फोटो, सबै विवरण खुल्ने बायोडाटा (CV) र सम्पर्क माध्यम ।

२) पुरस्कृत हुने व्यक्तिको योगदानः

ख) स्वयम् दरखास्त गर्न सक्नेः

व्यक्तिगत रुपमा स्वयमले आफु पुरस्कृत हुनको लागि माथिको विवरण सहित दरखास्त गर्न सक्नेछ । सो व्यक्तिको Advocacy गर्ने अन्य व्यक्ति नभएमा आयोजकले निजको Advocacy गर्ने व्यवस्था मिलाउने छ ।

ट) पुरस्कार कोषः

Dharma Television को विशेष प्रयास र MDFPF को सहयोगबाट पुरस्कार कोष तयार पारिने छ । त्यस कोषको नाम “धर्म अवार्ड कोष” भनि राखिने छ ।

३. विविधः

धर्म अवार्डस् व्यवस्थित गरि योग्य पात्रलाई प्रदान गरिने क्रममा कार्यविधि र सिद्धान्तमा सुचित नभएका अवस्था आई पुगे त्यसलाई निर्णायक मण्डल र अवार्डस् सिफारिस मूल संघको छलफल र निर्णयबाट सबै द्विविधा र समस्याको समाधान गरि अवार्डस प्रदान गरिने छ ।

अनुसुचिहरुः

कार्यक्रमः धर्म  अवार्ड 2021

आयोजकः धर्म टेलिभिजन प्रा.लि.

सम्पर्कः अध्यक्ष, श्रद्धेय धर्म गुरु खेन रिन्पोछे सोनम ग्यूर्मे तामाङः +977-9849118562

सचिवः आनी छ्योञी राङडोल +977-940413934

बजार व्यवस्थापकः स्वर्णीम गोले +977-9863476986

विकास बज्रचार्यः+977-977-9863476987

सम्पर्कः 01-4301219

ठेगानाः धर्म टेलिभिजन प्रा.लि. किमडोल, स्वयम्भू, काठमाण्डौ

Email: awards2021@dharmatelevision.tv

Website: www.dharmatelevision.tv

कार्यक्रम स्थलः बनस्थली फिल्म स्टुडियो, बनस्थली ।

फिनालीः होटल हाइट, चुच्चे पाटी, बौद्ध ।

Nomination opening date May 26, 2021 (Jesth 12, 2078)

Nomination closing date Sept. 19, 2021  (Asoj 3, 2078)

कार्यक्रम मितिः कार्त्तिक १०, २०७८-पौष १५, २०७८

Oct. 27, 2021-Dec. 30, 2021

 

     

सम्पर्कः +977-9840413934, 01-4301219

Email : awards@dharmatelevision.tv

Website : www.dharmatelevision.tv

WhatsApp, WeChat, Viber, Line : +977-9840413934