नक्कली भूटानी शरणार्थी प्रकरणः जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको माग

10 months ago

नक्कली भूटानी शरणार्थी प्रकरणः जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको माग

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा थापाले सरकारले अघि सारकोे सुशासनको बिषय सकारात्मक भएको भन्दै नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सवैलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको हो । उहाले बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित हुन हुने धारणा राख्नुभयो । उहाले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेके सुशासनको नारा लगाउन सक्ने बताउनुभयो । उहाले मुलुकका कतिपय नीतिहरुका कारण मुलुकको अर्थतन्त्र कमजोर भएको भन्दै अगाामी बजेटमा यसलाई बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा एमालेले सहयोग गर्ने बताउनुभयो । छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरु कोही नछुट्ने र निर्दोष व्यक्ति नफस्ने गरि काम गर्नुपर्ने उहाको भनाइ छ । उहाले टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

गुरुङले जनतामा आत्मविश्वास बढाउने गरि बजेट आउनुपर्ने सुझाव दिनुभयो ।