बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ ।

1 year ago

बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ ।

 

शुक्रबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किपछि यू–२० नेपाली फुटवल टोलीकी कप्तान प्रिति राइले प्रतियोगीताको उपाधी जित्न नसक्दा दुख लागेपनि समग्रमा राम्रो खेल प्रदर्शन गरिएको बताउनुभयो । नयाँ ठाउमा गएर खेल्न जाँदा पहिलो दुई खेल कठिन भएपनि त्यसपछिको खेल सहज हुदै गएको उहाले बताउनुभयो ।

त्यस्तै यू–२० नेपाली फुटवल टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले समग्रमा खेल राम्रो भएको बताउनुभयो । उहाले फाइनलमा नेपालको रणनीति सफल भएपनि उपाधी भने जित्न नसकेको धारणा राख्नुभयो ।


साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो । फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको थियो ।