सरकारले राष्ट्रिय योजना आयोगमा दुईजना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।

1 year ago

सरकारले राष्ट्रिय योजना आयोगमा दुईजना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।

 

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको सदस्यमा सुशील ज्ञवाली र कुशेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाल र बहराइनको दुई पक्षिय परराष्ट्र परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । बैठकले नेपाल र युरोपियन युनियनबीचको सयुंक्त उप–आयोगको सन २०२३ फ्रेवुअरी २ मा बस्ने बैठकको परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ भने श्रीलंकाको स्वतन्त्रताको ७५ औँ वार्षिक उत्सवमा जानका लागि परराष्ट्रमन्त्रीलाई सहमति दिइएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रिपरिषद्ले अमरपुर–ढुंगेसाघु १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारीमा आयोजनाका इन्जिनियर नितेश यादवलाई तोक्ने निर्णय गरेको छ ।