इलाका प्रहरी कार्यालय बुटवलले व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने कार्यमा संग्लन २ जनालाई हतियार सहित पक्राउ गरेको छ ।

1 year ago

इलाका प्रहरी कार्यालय बुटवलले व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने कार्यमा संग्लन २ जनालाई हतियार सहित पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालयका प्रमुख दान बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले बुटवलको देवीनगरबाट २ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई शंका लागी चेकचाँच गर्दा विभिन्न हात हतियार सहित पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेको प्रहरीले जनाएको छ । उनीहरुले ‘रोयल ग्रुप नामक समूह बनाई विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताउनुभयो । अनुसन्धानको क्रममा सैनामैना नगरपालिका–१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा ९ एमएमको गोली १४ राउण्ड, ७.२ एमएमको गोली ४ राउण्ड ३५ राउण्ड र ०.२ एमएमको गोली १७ राउण्ड,तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनुभयो ।


उनीहरुलाई म्याद थप गरि हात हतियार तथा बिस्पोटक पदार्थ सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।